भागबन्डा बिवादले गठबन्धनको बैठक निष्कर्षविहीन



 

 

सत्ता गठबन्धनमा राष्ट्रियसभाको सीट भागबन्डा पेचिलो बनेको छ । प्रमुख प्रतिपक्ष नेकपा एमालेले ६ सीट मागेपछि गठबन्धनले टीआरसी विधेयक पारित गर्नुपर्ने शर्त अघि सारेका छन् । बालुवाटारमा आज बिहान बसेको गठबन्धनका प्रमुख दलको बैठकले भागबन्डाको विषय टुंग्याउन सकेनन् । उनले भने, ‘थप छलफल गर्न बाँकी छ, त्यसका लागि फेरि साँझ, भोलि बिहान बस्ने गरी उठेका छौँ । उनले एमालेसँगको छलफल समसामयिक राजनीतिक विषयमा भइरहेको बताए । लेखकले भने, ‘एमालेसँगको संवाद पनि समसामयिक विषयमा जारी रहन्छ, गठबन्धनको संवाद पनि जारी रहन्छ । गठबन्धनका राजनीतिक दलहरूका बीचमा राष्ट्रियसभाकै विषयलाई केन्द्रमा राखेर छलफल भइरहेको छ । एमालेसँग समग्रतामा समसामयिक विषयमा छलफल भइरहेको छ । उनले गठबन्धनको बैठक आज साँझ वा शुक्रबार बिहान पुनः बस्ने बताए ।

प्रतिक्रिया दिनुहोस
चेक बाउन्स हुँदैमा कालोसूचीमा नपर्ने

    अब चेक बाउन्स हुँदा कालोसूचीमा नपर्ने भएको छ । आज राष्ट्र

सेयर धितो कर्जामा २० करोडको सीमा खारेज

    बैंक तथा वित्तीय संस्थाहरुबाट सेयर धितो कर्जामा संस्थाहरुलाई दिइने अधिकतम २०

ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृतमा सुरेन्द्रराज रेग्मी नियुक्त

    ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुरेन्द्रराज रेग्मी नियुक्त

राजदूतमा कांग्रेस-एमालेबीच भागबण्डा मिल्यो

    सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेले राजदूतको भागबण्डा मिलाएका छन्