प्रचण्ड नेतृत्वको सरकारसँग कांग्रेस सन्तुष्ट छ : ओली



हाम्रो इकोनोमि

 

 

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारसँग कांग्रेस सन्तुष्ट रहेको भन्दै कटाक्ष गरेका छन् । मेलमिलाप दिवसको अवसरमा कांग्रेसले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले भने, ‘अहिलको स्थिती र परिस्थिती, अहिलेको राज्य सञ्चालनमा आफ्नो भूमिकासँग सन्तुष्ट रहेको कांग्रेसको तलाउमा मैले एउटा ढुंगा फुत्त फालिदिएर तरंग ल्याउने मेरो कुनै ईच्छा छैन । त्यसकारण म त्यतापट्टि जान चाहन्नँ, कुनै अमनचयनमा खलल पार्न पनि चाहन्नँ । त्यस सीमा भित्र मात्रै म रहन्छु । उनले आफूलाई महामन्त्री विश्वकर्मा शर्माले मेलमिलाप दिवसमा आउनासाथ भाटे कारबाही गरेको भन्दै व्यंग्य गरे । उनले व्यग्य गर्दै भने, ‘विश्वप्रकाशजीले अर्काको घर किन बनाइस् कलकत्ता जान गंगाको बाटो किन भनिस् ट्रक नै कुुदाउनुपर्ने ठाउँमा पाइपलाइन अमलेखगञ्जमा किन ल्याइस् । ट्यांकर चलाउनुपर्ने ठाउँमा । बयलगाढा चलाइराख्याथ्यो हुलाकी राजमार्ग किन बनाइस्, ठूला कुरा गर्ने रु उहाँले आफ्नो प्रचलित शैलीमा लकार्नुभो । त्यसको पनि म जवाफ दिन्नँ त्यतापट्टि पनि म जान्नँ । कांग्रेसका नेताहरु आजको सन्दर्भमा राष्ट्रिय एकता, महत्व, सान्दर्भिकता र आजको दिनमा यसलाई कसरी रुपान्तरित गर्नुपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...