बालकुमारी गोलीकाण्डका मुख्य जिम्मेवार मन्त्री हुन् : सांसद पन्त



 

 

नेपाल सरकारका दुई मन्त्रीले खुलेआम घुस उठाएर भ्रष्टाचार गरिरहेको विषय संसदीय समितिमा प्रवेश गरेको छ । राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा नेकपा एमालेका सांसद रघुजी पन्तले भ्रष्टाचारी मन्त्रीलाई क्याबिनेटमा राखेर प्रधानमन्त्रीले सामान्य कर्मचारीको करिअर सिध्याउन निलम्बन र जिम्मेवारी खोसेर तान्ने कार्य गरेको बताए । पूर्वश्रममन्त्री समेत रहेका पन्तले श्रम तथा रोजगार मन्त्री शरतसिंह भण्डारीले खुलेआम पैसा उठाएर भ्रष्टाचार गरिरहेको आरोप लगाए । वैदेशिक रोजगारीमा जाने कामदारको अभिमुखीकरण तालिम शुल्क ८ सयबाट बढाएर २८ सय पुर्‍याउँदा एजेन्सीहरूबाट करोडौं पैसा एकमुष्ठ उठाएर मन्त्रीलाई बुझाइएको उनले बताए ।

सांसद पन्तले स्वास्थ्यमन्त्री मोहन बस्नेतले समेत खुलेआम भ्रष्टाचार गरिरहेको र अख्तियारले फाइल लैजाँदासमेत पदमा बसिरहेकोमा आपत्ति जनाए । अस्पतालका सामान खरिदमा समेत मन्त्री स्वंयमले भ्रष्टाचार गरेको पन्तको आरोप छ । उनले बालकुमारी गोलीकाण्डमा सीडीओ र एसपीको जिम्मेवारी खोस्ने र पीएसओसहित सामान्य प्रहरी कर्मचारीको निलम्बन गरेर सरकारले आफ्नो कमजोरी ढाकछोप गर्न खोजेको भन्दै कर्मचारीको करिअर सिध्याउन नपाइने बताए । उनले हत्याको जिम्मेवारी प्रधानमन्त्री र गृहमन्त्रीले लिनुपर्ने समेत बताए । उनले बालकुमारी घटनाको मुख्य जिम्मेवार श्रममन्त्री रहेको भन्दै कर्मचारीलाई बलिको बोका बनाउन खोजिएको बताए । सांसद पन्तले श्रम मन्त्री भण्डारीकै कारण इपिएसको कोटा तथा हजारौं आवेदकलाई अन्यौलमा राखेर गलत सूचना प्रकाशन गरेका कारण उनीहरु आक्रोशित बनेर आन्दोलनको अवस्था आएको बताए । एकातिर घुस खाएर अभिमुखीकरण तथा बायोमेट्रिकको शुल्क बढाउने र अर्कोतिर बेरोजगार युवालाई सही सूचना नदिई लापरवाही गरेको उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस
बुढानीलकण्ठ नगरपालिकाले फागुन २ र ३ गते चौथो रोजगारी मेला आयोजना गर्ने

        बुढानीलकण्ठ नगरपालिकाले विगत चार वर्षदेखि निरन्तर आयोजना गर्दै आएको

प्रचण्डले कर्णालीका भूकम्पपीडितलाई झुक्याएको जनार्दनको आरोप

    नेकपा माओवादी केन्द्रका उपमहासचिव तथा पूर्वगृह र अर्थमन्त्री जनार्दन शर्माले आफ्नै

रासायनिक मल अभाव हुन नदिन प्रधानमन्त्रीको निर्देशन

     प्रधानमन्त्री केपी शर्मा ओलीले किसानलाई रासायनिक मलको अभाव हुन नदिन निर्देशन

बबरमहलमा फुटेको पाइप मर्मत काम सकियो

  काठमाडौंको बबरमहलमा बुधबार दिउँसो विद्युत् प्राधिकरणले भूमिगत विद्युतीकरणको काम गर्ने क्रममा फुटेको