बालकुमारी गोलीकाण्डका मुख्य जिम्मेवार मन्त्री हुन् : सांसद पन्त



हाम्रो इकोनोमि

 

 

नेपाल सरकारका दुई मन्त्रीले खुलेआम घुस उठाएर भ्रष्टाचार गरिरहेको विषय संसदीय समितिमा प्रवेश गरेको छ । राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा नेकपा एमालेका सांसद रघुजी पन्तले भ्रष्टाचारी मन्त्रीलाई क्याबिनेटमा राखेर प्रधानमन्त्रीले सामान्य कर्मचारीको करिअर सिध्याउन निलम्बन र जिम्मेवारी खोसेर तान्ने कार्य गरेको बताए । पूर्वश्रममन्त्री समेत रहेका पन्तले श्रम तथा रोजगार मन्त्री शरतसिंह भण्डारीले खुलेआम पैसा उठाएर भ्रष्टाचार गरिरहेको आरोप लगाए । वैदेशिक रोजगारीमा जाने कामदारको अभिमुखीकरण तालिम शुल्क ८ सयबाट बढाएर २८ सय पुर्‍याउँदा एजेन्सीहरूबाट करोडौं पैसा एकमुष्ठ उठाएर मन्त्रीलाई बुझाइएको उनले बताए ।

सांसद पन्तले स्वास्थ्यमन्त्री मोहन बस्नेतले समेत खुलेआम भ्रष्टाचार गरिरहेको र अख्तियारले फाइल लैजाँदासमेत पदमा बसिरहेकोमा आपत्ति जनाए । अस्पतालका सामान खरिदमा समेत मन्त्री स्वंयमले भ्रष्टाचार गरेको पन्तको आरोप छ । उनले बालकुमारी गोलीकाण्डमा सीडीओ र एसपीको जिम्मेवारी खोस्ने र पीएसओसहित सामान्य प्रहरी कर्मचारीको निलम्बन गरेर सरकारले आफ्नो कमजोरी ढाकछोप गर्न खोजेको भन्दै कर्मचारीको करिअर सिध्याउन नपाइने बताए । उनले हत्याको जिम्मेवारी प्रधानमन्त्री र गृहमन्त्रीले लिनुपर्ने समेत बताए । उनले बालकुमारी घटनाको मुख्य जिम्मेवार श्रममन्त्री रहेको भन्दै कर्मचारीलाई बलिको बोका बनाउन खोजिएको बताए । सांसद पन्तले श्रम मन्त्री भण्डारीकै कारण इपिएसको कोटा तथा हजारौं आवेदकलाई अन्यौलमा राखेर गलत सूचना प्रकाशन गरेका कारण उनीहरु आक्रोशित बनेर आन्दोलनको अवस्था आएको बताए । एकातिर घुस खाएर अभिमुखीकरण तथा बायोमेट्रिकको शुल्क बढाउने र अर्कोतिर बेरोजगार युवालाई सही सूचना नदिई लापरवाही गरेको उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस
गोलभेँडा फालेर माइतीघर मण्डलामा किसानको प्रदर्शन

  तरकारी किसानहरूले बुधबार काठमाडौंको माइतीघर मण्डलामा गोलभेँडा सडकमा फालेर सरकारविरुद्ध विरोध प्रदर्शन...

सिंहदरबार अगाडि मोटरसाइकल पार्किङ गरेर अखिलको प्रदर्शन, ६ विद्यार्थी नेता पक्राउ

    सिंहदरबार अगाडि मोटरसाइकल पार्किङ गरेर प्रदर्शनमा उत्रिएका नेकपा एमाले निकट विद्यार्थी...

इरानका पुल र विद्युत केन्द्र ध्वस्त पार्ने ट्रम्पको धम्की

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान वार्तामा नफर्किए अर्को हप्तादेखि त्यहाँका पुल...

सरकारको विरोध गर्दा गोली हान्ने धम्की आयो : ऐन महर

    प्रतिपक्षी दल नेकपा एमालेका प्रमुख सचेतक ऐन महरले गुण र दोषको...