मन्त्री ज्वालाको जबर्जस्तीले बालकुमारीमा दुर्घटना भएको हो : गगन थापा



हाम्रो इकोनोमि

 

 

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाको चरम लापरबाहीको कारणले बालकुमारी घटना भएको दाबी गरेका छन् । सोमबार सिंहदरबारमा बसेको राज्य, व्यवस्था तथा सुशासन समितिको बैठकमा उनले मन्त्री ज्वालाको त्यस बेला गतिविधि गर्न समितिलाई माग गरे । उनले भने, त्यहाँ घटना हुँदै छ भन्ने थाहा पाउँदा पाउँदै त्यो जबर्जस्ती हो । चरम लापरबाही हो हेपेको हो । मन्त्रीकै लापरबाहीकै कारणले ठूलो दुर्घटना भयो । दुई जना केटाहरूको ज्यान भन्ने लाग्छ । यो समितिले मन्त्रीज्यूको त्यो हेर्छ कि हेर्दैन । उनले कांग्रेसको माग अनुसार आज सरकारले छानबिनको लागि आयोग बनाएको बताए । उनले भने, यहाँ समितिको काम छैन जिम्मेवार राजनीतिक नेतृत्वले राजीनामा दिनुपर्छ भन्ने कुरा पनि आएका छन् । यो नैतिक विषय हो यसलाई सम्बन्धित पक्षले कसरी लिन्छ उत्तर हामी सुन्छौँ । हाम्रो ध्यान न्यायिक छानबिनतर्फ जानुपर्थ्यो ।

प्रतिक्रिया दिनुहोस
गोलभेँडा फालेर माइतीघर मण्डलामा किसानको प्रदर्शन

  तरकारी किसानहरूले बुधबार काठमाडौंको माइतीघर मण्डलामा गोलभेँडा सडकमा फालेर सरकारविरुद्ध विरोध प्रदर्शन...

सिंहदरबार अगाडि मोटरसाइकल पार्किङ गरेर अखिलको प्रदर्शन, ६ विद्यार्थी नेता पक्राउ

    सिंहदरबार अगाडि मोटरसाइकल पार्किङ गरेर प्रदर्शनमा उत्रिएका नेकपा एमाले निकट विद्यार्थी...

इरानका पुल र विद्युत केन्द्र ध्वस्त पार्ने ट्रम्पको धम्की

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान वार्तामा नफर्किए अर्को हप्तादेखि त्यहाँका पुल...

सरकारको विरोध गर्दा गोली हान्ने धम्की आयो : ऐन महर

    प्रतिपक्षी दल नेकपा एमालेका प्रमुख सचेतक ऐन महरले गुण र दोषको...