ग्लोबल आइएमई बैंकको १७औँ वार्षिकोत्सव, सातै प्रदेशमा प्रभातफेरि



हाम्रो इकोनोमि

 

 

ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्नो १७औँ वार्षिकोत्सवको अवसरमा शनिवार देशव्यापी प्रभातफेरि कार्यक्रमको आयोजना गरेको छ । आम जनमानसमा वित्तीय साक्षरता तथा बैंकिङ्ग सचेतना अभिवृद्धिको लागि आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत बैंकले सातवटै प्रदेशका मुख्य मुख्य सहरहरूमा प्रभातफेरि कार्यक्रमको आयोजना गरेको हो । यही पौष १७ गतेदेखि ग्लोबल आइएमई बैंक आफ्नो स्थापनाको १६ वर्ष पुरा भई १७औँ वर्षमा प्रवेश गर्दैछ । काठमाडौँमा आयोजित प्रभात फेरिमा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष तथा ग्लोबल आइएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकाल, बैंक सञ्चालक समिति सदस्यहरू, बैंक उच्च व्यवस्थापनसहित १५ सयभन्दा बढी कर्मचारीहरूको उपस्थिति रहेको थियो ।

वित्तीय साक्षरता तथा बैंकिङ्ग शिक्षामूलक प्लाकार्ड तथा ब्यानरसहित प्रभातफेरिमा उपस्थित कर्मचारीहरूले काठमाडौँको कान्तिपथस्थित शाखा कार्यालयबाट हिँड्दै शहरको मुख्य–मुख्य भागको परिक्रमा गरेका थिए भने काठमाडौँ उपत्यका बाहिर मुख्य मुख्य सहरहरू परिक्रमा गरेका थिए । ग्लोबल आइएमई बैंक मुलुकका सतहत्तरै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो तथा वित्तीय परिसुचकहरु अनुसार मुलुककै सबैभन्दा ठुलो बैंक वाणिज्य बैंक हो । बैंकले ३५५ शाखा, ३७९ एटिएम, २७४ शाखा रहित बैंकिङ्ग सेवा, ६५ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ अन्तर्राष्ट्रिय सम्पर्करबैदेशिक प्रतिनिधि कार्यालय सहित १,१०० भन्दा बढी सेवा केन्द्रबाट बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ । बैंकमा करिब ४ हजार कर्मचारीहरू कार्यरत रहेका छन् । बैंकले करिब ४५ लाखभन्दा बढी ग्राहकलाई प्रत्यक्ष सेवा प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस
सरकारको विरोध गर्दा गोली हान्ने धम्की आयो : ऐन महर

    प्रतिपक्षी दल नेकपा एमालेका प्रमुख सचेतक ऐन महरले गुण र दोषको...

सर्वोच्चद्वारा सरकारको एकद्वार विज्ञापन नीति खारेज

    सरकारी विज्ञापन प्रकाशनका लागि सरकारले लागू गरेको एकद्वारा प्रणालीको निर्णय सर्वोच्च...

शाही निरंकुशतासँग नझुकेको प्रेस दुई-चारवटा गाडी तेर्स्याएर तर्सिन्छ : रास्वपा सचेतक

    सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टीका सचेतक प्रकाशचन्द्र परियारले सत्यसँग डराउनेहरूले प्रेसमाथि आक्रमण...

श्री ८ वालेन्द्र शाहलाई प्रश्न गर्न पाइँदैन : निश्कल राई

    नेपाली कांग्रेस संसदीय दलका सचेतक निश्कल राईले प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)...