अमेरिकामा जेल परेका युवालाई २ बर्षपछि एनआरएनका पश्चिम क्षेत्रीय अध्यक्ष केसीद्धारा जेलमुक्त



हाम्रो इकोनोमि

 

 

करिव दुईबर्ष अगाडी मेक्सिकन युवतीको अनाबश्यक आरोपको कारण जेल परेका युवा सागर देव हालै जेलबाट निस्केका छन् । उनलाई जेलबाट निकाल्ने कानुनी पहल तथा उनको बुवालाई नेपालबाट बोलाएर गैर आवासिय नेपाली संघ एनआरएनए अमेरिका पश्चिम, क्षेत्रिय अध्यक्ष बिष्णु केसी खत्री र क्यार्लिफोनिया च्याप्टर अध्यक्ष हरि ओझाको बिषेस पहलमा आज भेट गराईएको छ । डिभि परेर अमेरिका आएका सागर देव एकपटक मात्रै नेपाल गएर फर्केका थिए, उनी नेपालबाट फर्केको केहि समयमा नै एकजना मेक्सिकन युवतीको कारण उनी जेल परे । घरमा काम गर्ने देवलाई ति युवतीले डोमेस्टक भ्वाईलेन्स, केसमा मुद्वा हालेकी रहिछन् । पहिला प्रेम जालमा पारि पछाडी फसाउने नियतमा यो सबै भएको उनको बुझाई छ । उनलाई अदालतले प्रोभेसनमा छाडेको छ ।

उनी जेल परेसँगै नेपालमा उनको परिवारको बिचल्ली भएको थियो । एकातिर अमेरिकामा कमाउन आएको छोरा जेल पर्ने, उता नेपालमा परिवारमा समस्या त एकै पटक भयो युवाका बुवा महेन्द्र देवले सुचनाकेन्द्र डटकमलाई बताए । छोरासँग भेटपछि निकै भावुक भएका बुवा देवले हामीसँग भने अमेरिकामा आफ्नो भन्ने कोही पनि थिएन, एनआरएनएले पहल गर्यो यो गुन मैले कसरी तिर्न सकुला भन्दै आजसम्म सहयोग गर्ने सबैलाई धन्यवाद दिए, साथै अब नेपालसम्म जाने सहयोग गरिदिन अपिल समेत गरे । नेपालमा शिक्षक पेसाबाट रिटायड भएका बुवा अहिले एनआरएनएको पहलमा छोरा भेट्न क्यार्लीफोनिया अमेरिका आएका छन् । आमाको भने केहि समय अगाडी निधन भएको देवले बताए । यता एनआरएनए अमेरिका पश्चिम क्षेत्रिय अध्यक्ष बिष्णु केसी खत्रीले सबैलाई सहयोग गर्न अपिल गर्नु भएको छ । साथै क्यार्लिफोनया च्याप्टर अध्यक्ष हरि अोझा पनि अब उहाका बाउछोरालाई नै केहि समय नेपाल पठाएर आफन्त ईष्टमित्र भेटघाट गराउने र फेरी अमेरिका मै फर्काउने तयारी भन्नु भयो । हालसम्म सागर देबको अमेरिकाको बसाई र आगामी दिनहरुको बारेमा पनि एनआरएनए अमेरिका पश्चिम, क्षेत्रिय अध्यक्ष बिष्णु केसी खत्री र क्यार्लिफोनिया च्याप्टर अध्यक्ष हरि अोझाको पहलमा सबै अमेरिकामा रहेका नेपालीहरुले धेरै सहयोग गर्नु भएको बताउनु भयो । साथै यो घटनाले नेपालबाट सुन्दर भबिश्यको सपना देखेर अमेरिका आउने युवायुवतीहरु राम्रो पाठ सिकाएको छ । सानो प्रलोभनमा परेर जिन्दगी बर्वाद हुनबाट जोगिन यो घटनाले सबक समेत सिकाएको छ ।

प्रतिक्रिया दिनुहोस
रुकुमपश्चिममा जीप दुर्घटना, २ को मृत्यु, ९ जना घाइते

  रुकुमपश्चिममा जीप दुर्घटना हुँदा चालकसहित दुई जनाको मृत्यु भएको छ । आइतबार...

भरतपुरमा गुडिरहेको कारमा लाग्यो आगो, एक जनाको मृत्यु

     चितवनको भरतपुर महानगरपालिका–९ स्थित बसन्तचोक नजिकै एक कारमा आगलागी हुँदा एक...

एमालेको पुनर्गठन कार्यदल बैठकमा दुई प्रतिवेदन पेश हुृने

    शुक्रबार नेकपा एमालेको निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको बैठकमा दुई...

सरकारले संविधानको मर्ममाथि प्रहार गरिरहेको छ : अमरेशकुमार सिंह

    रास्वपाका सांसद अमरेशकुमार सिंहले आफ्नै दलका नेता बालेन शाह नेतृत्वको सरकारले...