अमेरिकामा जेल परेका युवालाई २ बर्षपछि एनआरएनका पश्चिम क्षेत्रीय अध्यक्ष केसीद्धारा जेलमुक्त



 

 

करिव दुईबर्ष अगाडी मेक्सिकन युवतीको अनाबश्यक आरोपको कारण जेल परेका युवा सागर देव हालै जेलबाट निस्केका छन् । उनलाई जेलबाट निकाल्ने कानुनी पहल तथा उनको बुवालाई नेपालबाट बोलाएर गैर आवासिय नेपाली संघ एनआरएनए अमेरिका पश्चिम, क्षेत्रिय अध्यक्ष बिष्णु केसी खत्री र क्यार्लिफोनिया च्याप्टर अध्यक्ष हरि ओझाको बिषेस पहलमा आज भेट गराईएको छ । डिभि परेर अमेरिका आएका सागर देव एकपटक मात्रै नेपाल गएर फर्केका थिए, उनी नेपालबाट फर्केको केहि समयमा नै एकजना मेक्सिकन युवतीको कारण उनी जेल परे । घरमा काम गर्ने देवलाई ति युवतीले डोमेस्टक भ्वाईलेन्स, केसमा मुद्वा हालेकी रहिछन् । पहिला प्रेम जालमा पारि पछाडी फसाउने नियतमा यो सबै भएको उनको बुझाई छ । उनलाई अदालतले प्रोभेसनमा छाडेको छ ।

उनी जेल परेसँगै नेपालमा उनको परिवारको बिचल्ली भएको थियो । एकातिर अमेरिकामा कमाउन आएको छोरा जेल पर्ने, उता नेपालमा परिवारमा समस्या त एकै पटक भयो युवाका बुवा महेन्द्र देवले सुचनाकेन्द्र डटकमलाई बताए । छोरासँग भेटपछि निकै भावुक भएका बुवा देवले हामीसँग भने अमेरिकामा आफ्नो भन्ने कोही पनि थिएन, एनआरएनएले पहल गर्यो यो गुन मैले कसरी तिर्न सकुला भन्दै आजसम्म सहयोग गर्ने सबैलाई धन्यवाद दिए, साथै अब नेपालसम्म जाने सहयोग गरिदिन अपिल समेत गरे । नेपालमा शिक्षक पेसाबाट रिटायड भएका बुवा अहिले एनआरएनएको पहलमा छोरा भेट्न क्यार्लीफोनिया अमेरिका आएका छन् । आमाको भने केहि समय अगाडी निधन भएको देवले बताए । यता एनआरएनए अमेरिका पश्चिम क्षेत्रिय अध्यक्ष बिष्णु केसी खत्रीले सबैलाई सहयोग गर्न अपिल गर्नु भएको छ । साथै क्यार्लिफोनया च्याप्टर अध्यक्ष हरि अोझा पनि अब उहाका बाउछोरालाई नै केहि समय नेपाल पठाएर आफन्त ईष्टमित्र भेटघाट गराउने र फेरी अमेरिका मै फर्काउने तयारी भन्नु भयो । हालसम्म सागर देबको अमेरिकाको बसाई र आगामी दिनहरुको बारेमा पनि एनआरएनए अमेरिका पश्चिम, क्षेत्रिय अध्यक्ष बिष्णु केसी खत्री र क्यार्लिफोनिया च्याप्टर अध्यक्ष हरि अोझाको पहलमा सबै अमेरिकामा रहेका नेपालीहरुले धेरै सहयोग गर्नु भएको बताउनु भयो । साथै यो घटनाले नेपालबाट सुन्दर भबिश्यको सपना देखेर अमेरिका आउने युवायुवतीहरु राम्रो पाठ सिकाएको छ । सानो प्रलोभनमा परेर जिन्दगी बर्वाद हुनबाट जोगिन यो घटनाले सबक समेत सिकाएको छ ।

प्रतिक्रिया दिनुहोस
चेक बाउन्स हुँदैमा कालोसूचीमा नपर्ने

    अब चेक बाउन्स हुँदा कालोसूचीमा नपर्ने भएको छ । आज राष्ट्र

सेयर धितो कर्जामा २० करोडको सीमा खारेज

    बैंक तथा वित्तीय संस्थाहरुबाट सेयर धितो कर्जामा संस्थाहरुलाई दिइने अधिकतम २०

ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृतमा सुरेन्द्रराज रेग्मी नियुक्त

    ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुरेन्द्रराज रेग्मी नियुक्त

राजदूतमा कांग्रेस-एमालेबीच भागबण्डा मिल्यो

    सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेले राजदूतको भागबण्डा मिलाएका छन्