गठबन्धन नभत्किएसम्म प्रचण्ड नै प्रधानमन्त्री : कांग्रेस



 

 

नेपाली कांग्रेसले गठबन्धनमा भएको सहमति पूरा नभएसम्म पुष्पकमल दाहाल ‘प्रचण्ड’ नै प्रधानमन्त्री हुने प्रष्ट पारेको छ । केन्द्रीय समितिको बैठकको निर्णय सार्वजनिक गर्दै प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्माले लोकतन्त्रमा स्थिर सरकार नहुने बताए । उनले भने, लोकतन्त्रमा सरकारको कुर्सीको तीनवटा मात्रै खुट्टा हुन्छन् । बहुमतमा होस् वा गठबन्धनमा । हिजो ओली नेतृत्वको सरकार झण्डै दुई तिहाइको बहुमतमा थियो । अहिले गठबन्धनमा छ । लोकतन्त्रमा स्थिर सरकार हुँदैन । निरंकुशतामा मात्रै हुन्छ । हाम्रो महामन्त्रीले मात्रै होइन आम जनताले पनि सरकार ढाल्दिन सक्छु भन्नसक्छ । उहाँ अहिले गठबन्धनबाट बनेको प्रधानमन्त्री भएकाले गठबन्धन नभत्किएसम्म र गठबन्धनमा भएको सहमति पूरा नभएसम्म उहाँ नै प्रधानमन्त्री हो । उनले महामन्त्री गगन थापाले मात्रै नभएर आम जनताले पनि लोकतन्त्रमा सरकार ढाल्छु भन्ने पाउने उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस
कांग्रेसले बोलायो केन्द्रीय समितिको बैठक

    सत्तारुढ दल नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ । असार

रवीन्द्र र धवललाई पुन: पक्राउ गर्ने तयारी

          हाजिरी जमानीमा छुटेका राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० का

अखिलमा डाक्टर-इन्जिनियरदेखि वकिलसम्म

    राजनीतिमा युवा पुस्ता त्यसमा पनि राम्रो विधामा पढेकाहरुको आकर्षण घटिरहेका बेला

रातदिन नभनी नि:स्वार्थ रुपमा जनताको काम गर्दै आएको छु : केशव महर्जन, अध्यक्ष, वडा नम्बर एक, भरतपुर

    चितवन भरतपुर महानगरपालिका वडा नम्बर १ का अध्यक्ष केशव मर्हजनसँग हाम्रो