कांग्रेसको मेलमिलाप दिवसमा रास्वपा र राप्रपालाई छैन निम्तो



हाम्रो इकोनोमि

 

 

नेपाली कांग्रेसले भोलि मेलमिलाप दिवस मनाउँदैछ । मेलमिलाप दिवस भव्यरूपमा मनाउने भन्दै कांग्रेसले ठूला सबै राजनीतिक दललाई आमन्त्रण गरेको छ । तर, प्रतिनिधिसभाको चौथो र पाँचौ ठूलो दल राष्ट्रिय स्वतन्त्र पार्टीलाई भने बोलाएको छैन ।कार्यक्रममा बोलाउने दलहरूको निश्चित मापदण्ड तोकिएको भएकाले रास्वपा नपरेको प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्माले बताए ।

केन्द्रीय समिति बैठकको निर्णय सार्वजनिक गर्दै क्रममा रास्वपालाई आमन्त्रण नगरिएकोबारे सञ्चारकर्मीको जिज्ञासामा उनले भने, लोकतन्त्रका लागि योगदान पुर्‍याएका १२ बुँदे समझदारीमार्फत् नेपालमा राजनीतिक स्थिरताका लागि आन्दोलन गरेका र वृहत् शान्ति सम्झौतामार्फत् आन्दोलन अन्त्य गरेका पक्षहरुका बीचमा एउछा अन्तक्रिया गरेका छौं । रास्वपामात्रै होइन यो मापदण्डमा नपरेकाहरूलाई बोलाएका छैनौं । उनले आफ्नो मादपण्डमा परेको राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी, नेमकिपाका अध्यक्ष नारायणमान बिजुक्छेलाई बोलाएको बताए । दलको आकारको कारण नभएर मापदण्डभित्र नपरेकाले छुटेको विश्वकर्माको प्रष्टीकरण थियो । यस्तै, कार्यक्रममा राप्रपालाई पनि आमन्त्रण नगरिएको कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले बताए ।

प्रतिक्रिया दिनुहोस
बाढीले चरौँदीको झोलुङ्‍गे पुल बगायो

    त्रिशूली नदीमा आएको बाढीले चरौँदीमा रहेको झोलुङ्गे पुल बगाएको छ ।...

बाढीमा परेका मानिसलाई बर्ड फ्लु लागेका कुखुराजसरी गाडिनु दुर्भाग्यपूर्ण : महेश बस्नेत

    नेकपा एमालेका सचिव महेश बस्नेतले बाढीपहिरोमा ज्यान गुमाएका नेपाली नागरिकको शव...

रसुवाको बाढीमा हालसम्म ७३४ जनाको मृत्यु

    रसुवाको भोटेकोशीमा १० भदौमा आएको विनाशकारी बाढीमा बेपत्ता भएका मध्ये ७३४...

कृष्णभीरमा बाढीले सडक बगायो, काठमाडौं-मुग्लिन यातायात बन्द

    बाढीका कारण काठमाडौं-मुग्लिन सडक पूर्ण रुपमा अवरुद्ध भएको छ । भोटेकोशी...