एमाले गण्डकीले प्रदेश कार्यालयका लागि १० करोडको घर किन्दै



हाम्रो इकोनोमि

 

 

नेकपा एमाले गण्डकी प्रदेश कमिटीले प्रदेश कार्यालय निर्माणका लागि १० बकरोडको घर किन्ने भएको छ । प्रदेश समितिको शुक्रबार बसेको पहिलो बैठकले पोखरा– ८ सिमलचौर नजिक करिब १० करोडको एउटा घर किन्ने निर्णय गरेको प्रदेश समिति अध्यक्ष नवराज शर्माले जानकारी दिए । घर खरिदका लागि १५ लाख बैना समेत भैसकेको अध्यक्ष शर्माले बताए । ‘आफ्नै भवनबाट पार्टी संचालक गर्ने गरी एउटा घर किन्ने निर्णय भएको छ । ९ करोड ६५ लाखमा घर किन्ने समझदार भैसकेको छ । १५ लाख बैनासमेत गरिसकेका छौं,’ उनले भने । घर व्यवस्थापन गर्दा थप १ करोड खर्छ हुने अध्यक्ष शर्माले सुनाए । ‘घर किन्न लागेका हौं । अफिसियल ढाचा पुर्याउन पर्यो । मिटिङ हल बनाउनुपर्यो । व्यवस्थापन गर्दा थप १ करोड खर्च लाग्ने अनुमान छ,’ उनले भने । पार्टीका नेता, कार्यकर्ताबाट उठाएर ३ महिनाभित्र पास गरिसक्ने अध्यक्ष शर्माले बताए । ‘४ महिनाभित्र पास गर्ने गरी बैना गरिसकिएको छ । १ महिना त बितिसक्यो’, उनले भने, ‘आवश्यक रकम पार्टीसँग त छैन, तर पार्टीका नेता, कार्यकर्ता र शुभेच्छुकहरूले सहयोगको वाचा गरेकाले रकम जुट्छ ।’

 

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...