एमाले गण्डकीले प्रदेश कार्यालयका लागि १० करोडको घर किन्दै



हाम्रो इकोनोमि

 

 

नेकपा एमाले गण्डकी प्रदेश कमिटीले प्रदेश कार्यालय निर्माणका लागि १० बकरोडको घर किन्ने भएको छ । प्रदेश समितिको शुक्रबार बसेको पहिलो बैठकले पोखरा– ८ सिमलचौर नजिक करिब १० करोडको एउटा घर किन्ने निर्णय गरेको प्रदेश समिति अध्यक्ष नवराज शर्माले जानकारी दिए । घर खरिदका लागि १५ लाख बैना समेत भैसकेको अध्यक्ष शर्माले बताए । ‘आफ्नै भवनबाट पार्टी संचालक गर्ने गरी एउटा घर किन्ने निर्णय भएको छ । ९ करोड ६५ लाखमा घर किन्ने समझदार भैसकेको छ । १५ लाख बैनासमेत गरिसकेका छौं,’ उनले भने । घर व्यवस्थापन गर्दा थप १ करोड खर्छ हुने अध्यक्ष शर्माले सुनाए । ‘घर किन्न लागेका हौं । अफिसियल ढाचा पुर्याउन पर्यो । मिटिङ हल बनाउनुपर्यो । व्यवस्थापन गर्दा थप १ करोड खर्च लाग्ने अनुमान छ,’ उनले भने । पार्टीका नेता, कार्यकर्ताबाट उठाएर ३ महिनाभित्र पास गरिसक्ने अध्यक्ष शर्माले बताए । ‘४ महिनाभित्र पास गर्ने गरी बैना गरिसकिएको छ । १ महिना त बितिसक्यो’, उनले भने, ‘आवश्यक रकम पार्टीसँग त छैन, तर पार्टीका नेता, कार्यकर्ता र शुभेच्छुकहरूले सहयोगको वाचा गरेकाले रकम जुट्छ ।’

 

प्रतिक्रिया दिनुहोस
बाढीले चरौँदीको झोलुङ्‍गे पुल बगायो

    त्रिशूली नदीमा आएको बाढीले चरौँदीमा रहेको झोलुङ्गे पुल बगाएको छ ।...

बाढीमा परेका मानिसलाई बर्ड फ्लु लागेका कुखुराजसरी गाडिनु दुर्भाग्यपूर्ण : महेश बस्नेत

    नेकपा एमालेका सचिव महेश बस्नेतले बाढीपहिरोमा ज्यान गुमाएका नेपाली नागरिकको शव...

रसुवाको बाढीमा हालसम्म ७३४ जनाको मृत्यु

    रसुवाको भोटेकोशीमा १० भदौमा आएको विनाशकारी बाढीमा बेपत्ता भएका मध्ये ७३४...

कृष्णभीरमा बाढीले सडक बगायो, काठमाडौं-मुग्लिन यातायात बन्द

    बाढीका कारण काठमाडौं-मुग्लिन सडक पूर्ण रुपमा अवरुद्ध भएको छ । भोटेकोशी...