एमाले नै सबै जनताको प्रिय पार्टी : उपमहासचिव ज्ञवाली



हाम्रो इकोनोमि

 

 

नेकपा (एमाले)का उपमहासचिव तथा स्कूल विभाग प्रमुख प्रदीप कुमार ज्ञवालीले हरेक दृष्टिले एमाले नै सबैको प्रिय पार्टी रहेको बताएका छन् । एमाले बागमती प्रदेश सम्पर्क कमिटीको दोस्रो अधिवेशनबाट निर्वाचित पदाधिकारी तथा सदस्यहरूको सपथ ग्रहण कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । देशमा विकास, सुशासन र समृद्धि एमाले बाहेक कसैले गर्न नसक्ने बताउँदै उपमहासचिव ज्ञवालीले चौतर्फी घेराबन्दीकाबीच पनि एमाले देशको सबैभन्दा प्रिय र भरपर्दो पार्टी भएको चर्चा गरे ।

एमाले सम्पर्क समन्वय कमिटीका संयोजक श्याम कुमार बस्नेतको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पार्टीका स्थायी कमिटी सदस्य तथा सम्पर्क समन्वय कमिटीका ईञ्चार्ज लालबाबु पण्डित, पार्टीको बाग्मती प्रदेश कमिटी उपसचिव भक्त कुमारी लामा बागमती प्रदेश सम्पर्क कमिटीका नवनिर्वाचित अध्यक्ष अशोक कुमार ठकुरी, सम्पर्क समन्वय कमिटीका सहसंयोजक थानेश्वर बस्याल, सचिव ईन्द्र भण्डारी, बाग्मती प्रदेश सम्पर्क कमिटीमा अध्यक्षका प्रत्यासी विष्णु खनाल लगायतले बोलेका थिए ।

प्रतिक्रिया दिनुहोस
बाढीले चरौँदीको झोलुङ्‍गे पुल बगायो

    त्रिशूली नदीमा आएको बाढीले चरौँदीमा रहेको झोलुङ्गे पुल बगाएको छ ।...

बाढीमा परेका मानिसलाई बर्ड फ्लु लागेका कुखुराजसरी गाडिनु दुर्भाग्यपूर्ण : महेश बस्नेत

    नेकपा एमालेका सचिव महेश बस्नेतले बाढीपहिरोमा ज्यान गुमाएका नेपाली नागरिकको शव...

रसुवाको बाढीमा हालसम्म ७३४ जनाको मृत्यु

    रसुवाको भोटेकोशीमा १० भदौमा आएको विनाशकारी बाढीमा बेपत्ता भएका मध्ये ७३४...

कृष्णभीरमा बाढीले सडक बगायो, काठमाडौं-मुग्लिन यातायात बन्द

    बाढीका कारण काठमाडौं-मुग्लिन सडक पूर्ण रुपमा अवरुद्ध भएको छ । भोटेकोशी...