सहकारीको रकम हिनामिना गरेको छैन : रवि लामिछाने



हाम्रो इकोनोमि

 

 

रास्वपा सभापति रवि लामिछानेले नियतबस आफूले कहीँ कतै सहकारीको हिनामिना गर्ने कार्यमा संलग्नता नभएको प्रष्टीकरण दिएका छन् । निर्वाचन क्षेत्र चितवन-२ मा मतदातामाझ आयोजित सार्वजनिक सुनुवाइमा बोल्दै उनले आफ्नो बारे भएको टिकाटिप्पणीप्रति ध्यानाकर्षण भएको बताए । उनले सहकारीका बचतकर्ताहरूको पैसा व्याजसम्म फिर्ता नहुञ्जेल लड्ने प्रतिबद्धता जनाए ।

उनको भनाइ जस्तोको तस्तै :

सहकारीका विषयलाई लिएर अनेकौ टिकाटिप्पणी आएका छन् । विभिन्न सहकारीका प्रश्न आएका छन् । कहीँ कतै मेरै नाम जोडिएर आएकोप्रति मेरो ध्यानाकर्षण भएको छ । म मेरो लडाइँमा तपाईंहरूलाई जोड्न चाहन्न म मेरो लडाइँ आफै लड्न सक्षम छु जस्तो लाग्छ । जतिबेला मद्दत चाहिन्छ म तपाईंहरूलाई भनौंला । म यति भन्न चाहन्छु मेरो नियतबस मैले कहीँ कतै कसैको हिनामिना गर्ने कार्यमा मेरो सहभागिता संलग्नता छैन । त्यसलाई मैले मेरो आफ्नो ढंगले प्रष्ट पारेको छु । यदि हुँदो हो त मलाई नै जोडिएका सहकारीका सञ्चालकहरू जतिपनि छन् सबैलाई कारबाही गरियोस् भनेर मन्त्रीज्यूलाई पत्र दिने साहस हुने थिएन । यदि त्यस्तो हुन्थ्यो भने मैले आफैंले मन्त्रीज्यूलाई कारबाही गरियोस् भनेर पत्र बुझाएको पत्र र त्यहाँ मन्त्रीज्यूले लगाउँनुभएको तोक आदेश यहाँहरूले देख्न सक्नुहुन्छ । त्यहाँ मैले सहकारीको नामै उल्लेख गरेको छु । मलाई शंका आरोप लगाइएको साहारा सहकारी पनि पर्छ । मैले नाम नै किटेर सहभागी जो छन् तीनलाई कारबाही गर्नको लागि भनेको छु । त्यस कारबाहीभित्र आफूलाई अलग राख्ने भए, त्यहाँ त्यस्तो संलग्नता हुने भए आफैंलाई कारबाही गर्ने पत्र बोकेर म मन्त्रालय जानुपर्ने आवश्यकता थिएन । त्यसैले म यो कुरा स्पष्ट पार्न चाहन्छु ।
बचतकर्ताहरूको बचतको एकएक पाइ ब्याजसम्म फिर्ता नभएसम्म अन्तिमसम्म लड्ने मान्छेको नाम के हो रु भनेर कसैले सोध्यो भने रवि लामिछाने भन्नुहोला । कुनै पनि बचतकर्ताको पैसाको एकएक हिसाब चुक्ता नभएसम्म निरन्तर लडिरहनेछु । चाहे म हुँ, मेरो मान्छे हुन्, मेरा पार्टीका हुन् मेरा परिवारका हुन् जो कोहीका हुन् म त्यसबाट विमुख हुने छैन ।

प्रतिक्रिया दिनुहोस
सुनसरीमा गोली लागेका रवीन्द्र मेहताको निधन

    सुनसरीको कप्तानगञ्ज घटनामा गोली लागेका २२ वर्षीय रवीन्द्र मेहताको निधन भएको...

पहिरोले अरनिको राजमार्ग अवरुद्ध

    अरनिको राजमार्ग अन्तरगत सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका-२, लिपिङमा पहिरो खस्दा सडक पूर्ण...

नबिल बैंक एजुकेशन हब पुतलीसडकमा सञ्चालन

    नबिल बैंक लिमिटेडले काठमाडौँको पुतलीसडकमा ‘नबिल बैंक एजुकेशन हब’ सञ्चालनमा ल्याएको...

बुढानीलकण्ठ नगरपालिका–२ मा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

      बुढानीलकण्ठ नगरपालिका वडा नम्बर -२ मा निःशुल्क पाठेघरको मुख तथा...