चितवन पर्यटन महोत्सवको प्रमुख अतिथिबाट मन्त्री किराँतीलाई हटाइयो



 

 

क्रिश्चियन धर्म प्रचारकका रुपमा प्रस्तुत भएर विवादमा आएका संस्कृति तथा पर्यटनमन्त्री सुदन किराँतीलाई जनस्तरबाट बहिष्कार गर्न थालिएको छ । हिजो चितवनमा सुरु भएको ‘१७औं चितवन पर्यटन तथा हात्ती महोत्सव’ मा उनको प्रमुख आतिथ्य खोसियो । तय भइसकेको कार्यक्रममा जानबाट मन्त्री किराँती वञ्चित भएका हुन् । क्षेत्रीय होटल संघले आयोजना गरेको महोत्सवमा मन्त्री किराँतीलाई बोलाउने पहिल्यै निधो भएर उनीसँग कुराकानी भइसकेको थियो । त्यसका आधारमा आयोजकले सबैतिर प्रमुख अतिथिमा उनको नाम राखेर प्रचारप्रसार र सबैतिर पत्राचार गरेको थियो ।

तर, हालैको विवादित अभिव्यक्ति र त्यसबाट उत्पन्न परिस्थितिका कारण उनलाई निम्त्याउनु ठीक नहुने ठानेर प्रमुख अतिथि परिवर्तन गरिएको क्षेत्रीय होटल संघका कार्यालय सचिव मुक्ति शर्माले बताए । स्रोतका अनुसार मन्त्री कार्यक्रममा आउँदा कालो झण्डासहित विरोध प्रदर्शनको तयारी स्थानीयले गरेका थिए । त्यसबाट अप्रिय अवस्था सिर्जना हुनसक्ने देखेर होटल संघले उनलाई प्रमुख अतिथिबाट हटाएको हो । उनको ठाउँमा अर्थमन्त्री डा. प्रकाशशरण महतलाई निम्त्याएर हिजो महोत्सव उद्घाटन गरिएको छ । सचिव शर्माका अनुसार मन्त्री किराँतीको समय लिइसकिएको भए पनि उनका लागि टिकटलगायतका व्यवस्थापकीय प्रवन्धहरु भइसकेका थिएनन् । प्रमुख अतिथि परिवर्तन भएपछि मन्त्री किराँतीलाई जानकारी गराइएको उनले बताए । महोत्सव पुस १४ गतेसम्म चल्नेछ ।

 

प्रतिक्रिया दिनुहोस
चेक बाउन्स हुँदैमा कालोसूचीमा नपर्ने

    अब चेक बाउन्स हुँदा कालोसूचीमा नपर्ने भएको छ । आज राष्ट्र

सेयर धितो कर्जामा २० करोडको सीमा खारेज

    बैंक तथा वित्तीय संस्थाहरुबाट सेयर धितो कर्जामा संस्थाहरुलाई दिइने अधिकतम २०

ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृतमा सुरेन्द्रराज रेग्मी नियुक्त

    ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुरेन्द्रराज रेग्मी नियुक्त

राजदूतमा कांग्रेस-एमालेबीच भागबण्डा मिल्यो

    सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेले राजदूतको भागबण्डा मिलाएका छन्