नागरिक लगानी कोषको कार्यकारी निर्देशकका लागि ५ जनाको नाम



हाम्रो इकोनोमि

 

 

नागरिक लगानी कोषको कार्यकारी निर्देशक पदको खुला प्रतिस्पर्धाबाट ५ जना सर्ट लिस्टमा पर्न सफल भएका छन् । अर्थ मन्त्रालयका अनुसार पर्वतकुमार कार्की, राजेन्द्र पण्डित, लेखनाथ शर्मा पंगेनी, विश्वमोहन अधिकारी र डा. शिवहरि श्रेष्ठ सर्ट लिस्टमा पर्न सफल भएका हुन् । अब उनीहरुले पावर प्वाइन्ट प्रस्तुति र अन्तर्वार्ता दिनेछन् । त्यसबाट एक जनाको छनोट हुनेछ । सर्ट लिस्टमा परेकाहरुको लागि प्रस्तुति र अन्तर्वार्ताको मिति १७ पुस मंगलबारका दिन तोकिएको छ ।

मन्त्रालयका अनुसार शैक्षिक योग्यता, कार्यअनुभव, व्यवसायिक तथा वित्तीय कार्ययोजनाको मूल्यांकनका आधारमा प्राप्त गरेको कुल प्राप्ताङ्‍कका आधारमा सबैभन्दा धेरै अंक प्राप्त गर्ने उम्मेदवारहरुलाई सर्ट लिस्टमा छनोट गरिएको हो । यसअघि मन्त्रालयले २१ कात्तिकमा एक सूचना प्रकाशित गरी कोषको कार्यकारी निर्देशकका लागि दरखास्त आह्वान गरेको थियो । जसमा १० जनाले आवेदन दिएका थिए ।

प्रतिक्रिया दिनुहोस
अमेरिकाको वार्ता प्रस्ताव इरानले गर्‍यो अस्वीकार

    इरानले अमेरिका विरुद्धको बढ्दो सैन्य तनावबीच शक्तिशाली मिसाइल प्रयोग गर्न सक्ने...

काठमाडौंको वायु निकै अस्वस्थ, प्रदूषणले पार गर्‍यो सिमा

    काठमाडौंमा वायुको गुणस्तर निकै खराब स्थितिमा पुगेको छ । आज बिहान...

नवनिर्वाचित राष्ट्रिय सभा सांसदहरूको शपथ

    माघ ११ गते सम्पन्न राष्ट्रिय सभा निर्वाचनबाट निर्वाचित भएका सांसदहरूले शपथ...

नीति र नेतृत्वलाई जनताले अस्वीकार गरे : योगेश

    नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले हालै सम्पन्न निर्वाचनको परिणामले पार्टीको नीति...