रुसी सेनामा एक सय नेपाली हराइरहेको उजुरी परेको छ : परराष्ट्र मन्त्री साउद



हाम्रो इकोनोमि

 

 

परराष्ट्र मन्त्री एनपी साउदले रूसी सेनामा भर्ना हुन पुगेका एक सय जना नेपालीहरू हराइरहेको भन्ने उजुरी परेको बताएका छन् । रूसी सेनामा केही नेपाली नागरिक भर्ना भएको र त्यसमध्ये सात जना मारिएको भन्ने सूचना रूसी सरकारले नै दिएको छ,’ मन्त्री साउदले रासससँगको कुराकानीमा भनेका छन्, ‘यसबाहेक सय जना हाराहारीमा हराइरहेका र घाइते भएकाको उजुरी मन्त्रालयमा आएको छ । उनीहरूका परिवार र साथीभाइले खबर गरेका छन् । बेपत्ता भएकाको खोजीका लागि नेपालस्थित रूसी राजदूतलाई मन्त्रालयमा बोलाएको उनले बताए । राजदूतलाई आफूहरूले यसबारे चासो राखेकोबारे सरकारसम्म पुर्‍याउन स्पष्ट सन्देश दिएको पनि मन्त्री साउदले बताए । काम गर्न, अध्ययन र भ्रमण भिसामा रूस गएका करिब दुई सय जना नेपाली युवा सेनामा भर्ना भएको आशंका गरिएको बताए ।

‘करिब दुई सय जना काम गर्न, अध्ययन र भ्रमण भिसामा रूस गएका नेपाली युवा त्यहाँको सेनामा भर्ना भएको आशंका गरिएको छ । त्यसभन्दा केही बढी भर्ना भएको हुनुपर्छ भन्ने हो,’ उनले भने, ‘किन भने सय जना हाराहारीमा हराइरहेका र घाइते भएकाको उजुरी मन्त्रालयमा आएको छ। यो संख्या दुई सयभन्दा बढी रहेको हुन सक्ने हाम्रो अनुमान छ ।  कतिपय नेपालीहरू युक्रेनको बन्धक छन् । उनीहरूलाई छुटाउन युक्रेनी सरकारसँग पनि सम्पर्क गरेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस
बाढीले चरौँदीको झोलुङ्‍गे पुल बगायो

    त्रिशूली नदीमा आएको बाढीले चरौँदीमा रहेको झोलुङ्गे पुल बगाएको छ ।...

बाढीमा परेका मानिसलाई बर्ड फ्लु लागेका कुखुराजसरी गाडिनु दुर्भाग्यपूर्ण : महेश बस्नेत

    नेकपा एमालेका सचिव महेश बस्नेतले बाढीपहिरोमा ज्यान गुमाएका नेपाली नागरिकको शव...

रसुवाको बाढीमा हालसम्म ७३४ जनाको मृत्यु

    रसुवाको भोटेकोशीमा १० भदौमा आएको विनाशकारी बाढीमा बेपत्ता भएका मध्ये ७३४...

कृष्णभीरमा बाढीले सडक बगायो, काठमाडौं-मुग्लिन यातायात बन्द

    बाढीका कारण काठमाडौं-मुग्लिन सडक पूर्ण रुपमा अवरुद्ध भएको छ । भोटेकोशी...