प्रचण्ड सरकारले एक वर्ष त्यसै खेर फाल्यो : एमालेका सचेतक बर्तौला



 

 

– सरकार गठन भएको एक वर्ष पूरा भयो । यो अवधिलाई प्रमुख प्रतिपक्ष दलको रूपमा एमालेले कसरी हेरेको छ ?

यो सरकार सबै हिसाबले असफल रह्यो । प्रधानमन्त्री प्रचण्डले ठीक ढंगले सञ्चालन गर्न नसकेपछि देश देश वर्ष पछाडि धकेलियो । जनतामा निराशा बढ्यो, कुनै आशा गर्ने ठाउँ छैन । युवाहरूले विदेशिन अवस्था बनेको छ । किसानहरू खेतीपाती छाड्ने अवस्था बनेको छ । निर्माण व्यवसायीहरू सडक बनाउन छाडेर आन्दोलनमा आउने अवस्था बनेको छ । व्यवसायीहरू निराशा छन् । न शान्ति सुरक्षा र संविधान कार्यान्वयनको लागि आवश्यक बनाउने कुरा, न दण्डहीनतालाई अन्त्य गर्ने कुरालाई गर्ने सामर्थ्य राख्यो । यो सरकारले दण्डहीनतालाई प्रश्रय गर्ने काम गरेको छ । मान्छे मान्नेहरूलाई छाड्ने यता अदालतले सरकारको निर्णय उल्ट्याउँदा समेत नैतिक जिम्मेवारी लिन सक्दैन ।

राष्ट्रपति पनि विवादमा परिराख्नुभएको छ । राष्ट्रपतिलाई अगाडि ल्याएर भागबण्डा जोडिनुभएको छ । यस्ता घटनाहरू जस्तै, अहिले संसद् सचिवालयको महासचिवको नियुक्तिलाई अनुमोदन गर्नुभएको छैन । गठबन्धनको हर क्षेत्रमा अराजकता, अनुशासनहीनता, राजनीतिक द्वन्द्व सामाजिक सद्भाव बिथोलिएको अवस्था छ । सरकारका मन्त्री नै धार्मिकरूपमा देशलाई विभाजित गर्नतर्फ लागेका छन् । कुनै कोणबाट पनि नागरिकलाई आशा जगाउँने काम यो एक बर्षमा गर्न सकेन। सरकार मात्रै असफल रहेन देशलाई नै दश बर्ष पछाडि धकेल्ने अवस्था निर्माण भएको छ।

– एमाले यो सरकार चारैतिरबाट असफल भयो भन्छ तर किन विकल्प खोज्न सक्दैन ?

हामीले यसको निकास खोजेका हौं तर, संसद हामीसँग छैन । उहाँहरू गठबन्धन गरेर हिँडिराख्नुभएको छ । जुन गठबन्धन देशको लागि घातक बनिरहेको छ । राष्ट्रको हितको पक्षमा छैन । हामी त देशहितको लागि गठबन्धन भत्काउनुपर्छ भन्ने चाहन्छौं । तर, दुर्भाग्य गठबन्धनको यो सरकार नेपालको चार किल्लाबाट बनेको छैन । विदेशीहरूको इच्छाबाट बनेको छ । विदेशी इन्ट्रेस्ट बनेको यो गठबन्धन र सरकार एमालेलाई कमजोर बनाउने ध्यानमा छ । एमाले हाम्रो देशको स्वाभिमान, राष्ट्रिय एकता र सावैभौमतामाथि हामी सम्झौता गर्दैनौं । त्यसैले विदेशीहरूको लागि यो सरकार कम्फर्ट छ । त्यसैले यो अहिले भर्खर हामीले चाहेर भत्किहाल्ने स्थिति छैन । गणितमा हामी प्रमुख प्रतिपक्ष दल छौं । तर, यो सरकार तत्काल विघटन हुनु देश र जनताको लागि हितकर छ ।

– गठबन्धन भत्काउन एमालेले राष्ट्रियसभाको कार्ड कांग्रेसलाई फालेको भन्ने चर्चा छ नि ?

यो सरकार देश र जनताको हितको लागि भत्किनु आवश्यक छ । तर, संसदको गणितले जटिल मोडमा पुर्‍याएको छ । त्यसैले यो गठबन्धन फोड्न एमाले जे गर्न पनि तयार छ । त्यो देशको लागि हो । सरकारप्रति हाम्रो कुनै रुचि छैन । तर, यो नेतृत्व असफल भयो उहाँहरू असफल व्यक्तिहरु हुनुहुन्छ भन्ने इतिहासले पुष्टि गरेको कुरा हो । त्यस्ता व्यक्तिलाई देशको चाबी दिँदा देश असफल भयो । नागरिकहरूमा निराशा बढ्यो । देशको अर्थतन्त्र तहसनहस भयो । चालू खर्च थेग्नको सार्वजनिक ऋण असूल गर्नुपर्ने कुरा यो पाँच महिनामा एक खर्बको हाराहारीमा चालू खर्च थेग्न ऋण असूल गर्नुपर्ने अवस्था छ ।

राजस्व परिचालनको हालत उस्तै छ । अनि केका लागि यो सरकार ? के कारणले यो सरकार ठीक छ भन्ने ठाउँ छ त ? त्यसको निरन्तरता आवश्यक छ भन्ने ठाउँ कहाँ छ त ? त्यसैले यो सरकार विघटन आवश्यक छ । विदेशी शक्तिहरूको इसारामा गठबन्धन चलेको छ । यो गठबन्धनको असफलता जनतालाई बताउँदै नयाँ सरकार गठन आजको आवश्यकता हो भन्ने कुरामा एमाले प्रष्ट छ । तर, संसदको गणितले तत्काल केही हुन्छ भन्नसक्ने अवस्था छैन ।

प्रचण्ड सरकार ढालेर नयाँ सरकार बनाउन एमालेले कांग्रेससँग छलफल थालेको हो ?

हामीले अहिलेसम्म औपचारिक त्यस्तो कुनै संवाद गरेका छैनौं । राजनीतिमा सबै ढोका खुल्ला हुन्छ । एमाले पनि तयार छ । कांग्रेस देश निर्माणको तहमा ठीक ढंगबाट जाऔं भनेर आउँछ भने एमाले तयार छ । संसदको सबैभन्दा ठूलो दल कांग्रेस माओवादीको असिस्टेनमात्रै होइन मुख्य दलको हैसियतमा जिम्मेवार र भ्रमबाट मुक्त हुनुपर्छ । शेरबहादुर देउवाजीले म कांग्रेस सभापति हो माओवादीका अध्यक्ष प्रचण्डजीको असिस्टेन्ट होइन भन्ने ठान्नुपर्‍यो । त्यो ठानेर उहाँ नआएसम्म हुँदैन । कांग्रेसमा दृष्टिकोण, भिजन, नेतृत्वमा क्षमता रहेन तर, जनताले संसदमा दल ठूलो बनाएको छ । त्यो अनुभूति अनुसार हिँड्ने सामर्थ्य नराखेसम्म अहिलेको संकट निकास हुँदैन ।

प्रतिक्रिया दिनुहोस
प्रचण्ड, ओली र रविबीच बालुवाटारमा वार्ता

    प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली

कीर्तिपुरमा बस दुर्घटना हुँदा एक जनाको मृत्‍यु

  कीर्तिपुरमा बस दुर्घटना हुँदा एकजनाको मृत्‍यु भएको छ । कीर्तिपुरबाट रत्नपार्क चल्ने

रूसको ‘मस्ट वान्टेड’ सूचीमा युक्रेनी राष्ट्रपति जेलेन्स्की

    रूसले युक्रेनी राष्ट्रपति भ्लोदोमिर जेलेन्स्कीविरूद्ध फौजदारी मुद्दा चलाएर ‘मस्ट वान्टेड’ सूचीमा

माइडिया ब्रान्डका फ्यानले गर्मि मात्र नभएर बिजुलीको बिल पनि घटाउने

    वर्ल्ड नम्बरवान अप्लाईन्स प्रोडुसर माइडियाको आधिकारिक बिक्रेता सीजी इलेक्ट्रोनिक्सले हाल बढीरहेको