नेपाल बैंकको सीईओमा तिलकराज पाण्डेय नियुक्त



 

 

नेपाल बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदमा तिलकराज पाण्डेय नियुक्त भएका छन् ,  सञ्चालक समितिको बैठकले रिक्त रहेको सीईओ पदमा पाण्डेयलाई नियुक्त गरेको हो । नियुक्तिसँगै पाण्डेयको कार्य अवधि ४ वर्षको हुनेछ । बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारीको ४ वर्षे कार्यकाल पूरा गरी अवकाश पाएसँगै रिक्त रहेको पदमा पाण्डेय नियुक्त भएका हुन् । अधिकारीको अवकाशसँगै बैंककको निमित्त प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी समता पन्तले पाएकी थिइन् । प्रमुख कार्यकारी अधिकृतको प्रतिस्पर्धामा पाण्डेयसँगै पन्त पनि थिइन् । तर, एक दशक अगाडि सोही बैंकको मुख्य प्रबन्धक पदबाट अवकाश पाएका पाण्डेयले सीईओमा बाजी मारेका छन् ।

पाण्डेयले नेपाल बैंकमा हुँदा क्रेडिट विभाग, र शाखा प्रबन्धकको रुपमा काम गरेका थिए । उनीसँग भिवोर विकास बैंकमा नायव प्रमुख कार्यकारी अधिकृत भएर काम गरेको अनुभव छ । सीईओका लागि सर्ट लिष्टमा परेका नेपाल राष्ट्र बैंककको कार्यकारी निर्देशकबाट अवकास पाएका अशोक पौडेल, बैंकका निमित्त सीईओ पन्तका साथै बैंकको डेपुटी सीईओ लक्ष्मण पौडेल र ध्रुवचन्द्र गौतमलाई पछि पार्दै पाण्डेय नियुक्त भएका हुन्।

प्रतिक्रिया दिनुहोस
चन्द्रागिरिको वनमा आगलागी

  काठमाडौंको चन्द्रागिरि नगरपालिकामा पर्ने केउरानी सामुदायिक वनमा आगलागी भएको छ ।आगलागी भएको

माओवादी कसैको बैशाखीबिना एक्लै लड्नसक्छौं : प्रचण्ड

     नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले स्यानीय तहको उपनिर्वाचन र

आठ महिनामा ९ खर्ब ८७ अर्ब वैदेशिक व्यापार घाटा

    नेपालबाट हुने वस्तु तथा सेवाहरूको निर्यात बढेको छ । चालु आर्थिक

चुच्चे नक्सा बुच्चे कुन व्यवस्था हुँदा भएको हो : प्रधानमन्त्री ओली

    प्रधानमन्त्री केपी शर्मा ओलीले कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपालकै भू-भाग भएको