नेपालमा हवाई उडान, अवसरको खोजी र चुनौतिको सामना



 

 

नेपालका विभिन्न शहर तथा ग्रामीण क्षेत्रलाई एक आपसमा जोड्नका लागि हवाई सेवाले महत्वपूर्ण योगदान दिदै आएको छ । आन्तरिक तथा बाह्य पर्यटक तथा यात्रुलाई आवतजावतमा हवाई सेवाले धेरै सहज बनाएको छ । पछिल्लो समय धेरै मानिसहरुमा व्यस्त जीवनशैली बढ्दो छ । छिटो छरितो गन्तव्यमा पुग्ने माध्यम पनि हवाई सेवा बनेको छ । नेपालका कतिपय ठाउँमा सडक सञ्जाल व्यवस्थित हुन सकेका छैनन् । त्यस्ता ठाउँमा हवाई सेवाको महत्व अझै बढी छ । हवाई सेवा सुरु भएको ७ दशकको अवधि नेपालमा विभिन्न आरोह तथा अवरोहसँगै गुज्रिएको छ । यो क्षेत्रमा अवसरसँगै चुनौतिहरु पनि छन् । अवसरको खोजी गर्दै र चुनौतिको सामना गर्दै नेपालमा बिमान सेवा प्रदायकहरु अगाडि बढिरहेको मान्न सकिन्छ । पछिल्लो समय समग्र देशको आर्थिक अवस्था कमजोर छ ।

आर्थिक मन्दीसँगै नेपालको हवाइ उडान पहिला भन्दा केही कठिन बन्दै गइरहेको छ । मानिसको जति चहल पहल बढ्नुपर्नेमा बढ्न सकेको छैन । बाध्यात्मक चहलपहल मात्र देखिन्छ । विभिन्न सडकहरु रोकिदा हवाइ यात्रा गर्ने यात्रुको चाप धेरै हुन्थ्यो । अहिले त्यस्तो छैन । उडानका लागि पैसा चाहियो । अहिले उडान पनि महंगो भएको छ । यस कारण हवाई व्यवसाय फस्टाउन आर्थिक समृद्धि पनि प्रमुख आधार रहेको पुष्टि हुन्छ । इन्धनको मूल्य बढेका, उडानमा भ्याट लगाइएका तथा एयरपोर्ट सेवा शुल्कमा वृद्धि भएका कारण बिगतमा भन्दा उडान केही महंगो पर्न गएको छ । हवाई भाडा निर्धारण गर्दा वायुसेवाले लिने शुल्क, ईन्धन शुल्क र बिमानस्थल यात्रु सेवा शुल्कलाई जोडेर निर्धारण गरिन्छ । समग्र रुपमा हेर्ने हो भने नेपालमा वायुसेवाले लिने शुल्क नबढेको ८ वर्ष भइसक्यो । यो अवधिमा डलरको मूल्य झण्डै दुई गुणा बढिसकेको छ, यसले वायुसेवाको खरिद मूल्य, पाइलटको तालिम, प्राविधिकहरुको तालिम, स्पेयर्स पार्टस खरिदमा प्रत्यक्ष असर पारेको छ । त्यति हुँदा पनि वायुसेवा कम्पनीले भाडा बढाउने अवस्था छैन । संसारमै महङगो इन्धनका कारण यात्रुलाई भाडा केही महंगो भने भएको हो । यती एअरलाइन्सको कुरा गर्दा हामीसँग अहिले ५ वटा जहाज छन् । हामीले पोखरामा पनि रात्रिकालीन उडान सञ्चालन गरिसकेका छौं । काठमाडौं पोखरा दैनिक ७ वटा फ्लाइट चल्छन् ।

हामीले काठमाडौंसँग हवाई उडानमा ८ वटा शहरलाई जोडेका छौं । पर्वतारोहण उडान समेत गरेर सेक्टरको हिसाबले हेर्ने हो भने ९ वटा सेक्टर हुन्छ । हाम्रो भगिनी संस्था तारा एअरले पनि दुर्गम क्षेत्रलाई जोड्ने काम गरिरहेको छ । पोखरा–जोमसोम, डोल्पा, सिमिकोट, रारा, बाजुरामा तारा एअरले उडान भरिरहेको छ । सिजनको समयमा रामेछापबाट लुक्ला, काठमाडौं लुक्ला उडान गर्दै आएका छौं । हामी सुगम दुर्गम दुवै क्षेत्रमा नेपालमा वाइडेस्ट नेटवर्कका रुपमा छौं । सेवाको हिसावमा हामी अगाडि छौं । यात्रुलाई उत्कृष्ट सेवा दिन हामी लागिरहेका छौं ।

लिमिटेड कम्पनीमा रुपान्तरण

यती एअरलाइन्स लिमिटेड कम्पनीमा रुपान्तरण भएका छौं । हामी सकेसम्म यही आर्थिक वर्षभित्र ३ वटा एटिआर जहाज थप्ने योजनामा छौं र सर्वसाधारणको लागि शेयर जारी गर्नेछौं । जहाज थपेपछि हामीले एउटा बेस पोखरालाई बनाउछौं । अन्नपूर्ण रेन्जमा माउण्टेन फ्लाइट गर्ने, पोखराबाट भैरहवा उडान गर्ने हाम्रो योजना छन् ।

एअरलाइन्स चलाउने भनेको यात्रुलाई सेवा बढाएर नै हो । हाम्रो स्लोगन नै ‘यु कम फस्ट’ छ । यात्रुको सुविधाको लागि इन फ्लाइट वाइफाई सर्भिस ल्याएका छौं । सुविधाका हिसाबले हामीले ह्विलचियर प्यासेन्जर बोक्नका लागि इलेक्ट्रिक गाडी ल्याएका छौं । स्पेशल काउन्टर पनि छन् । काउन्टरमा कहिले पनि भिडभाड हुँदैन । हाम्रो पहिलो प्राथमिकता नै यात्रुको सेवा हो । सुगमको हवाइ उडानमा हाम्रो पहिलेदेखिको प्राथमिकता पोखरा नै हो । पर्यटकीय क्षेत्रमा उडान गर्ने हिसाबले पोखरा जहिलेपनि हाम्रो प्राथमिकतामा छ । दुर्गमको पर्यटनलाई सुगमसँग जोड्न सुरु गर्ने पनि यती एअरलाइन्स नै हो । भगिनी संस्था तारा एअरले पोखरा जोमसोम उडान गरिरहेको छ । मौसमले साथ दिँदा एउटा मात्र उडान भएपनि गर्छौं । पोखरामा आफ्नै भवनमा क्रु क्याम्प समेत रहेकाले बेस स्टेसन बनाएरै सेवा दिइरहेका छौं ।

भैरहवा विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान भयो भने यात्रुको चाप बढ्छ । हामीले पनि भैरहवाबाट नेपालगञ्ज, पोखरा उडान गर्न सक्छौं । यात्रु भए उडान गर्न तयार छौं । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट पनि अन्तर्राष्ट्रिय उडान भयो भने पोखराबाट अन्य शहरमा पनि आन्तरिक उडान गर्न सकिन्छ । हवाई उडानमा समस्या ल्याउने मुख्य कुरा भनेकै मौसममा आउने फेरवदलले हो । मौसम चुनौतिपूर्ण नै बनेको छ । नेपालमा ४ सिजन हुन्छ । कतिबेला घाम लाग्छ कतिबेला बादल लाग्छ भन्ने थाहा पनि हुँदैन । मौसम कै कारण उडान डिले हुने तथा उडान क्यान्सिल हुने गरेका छन् । आर्थिक नोक्सानी पनि हुने गरेको छ । जहाज लामो समयसम्म आकाशमा होल्ड गर्नुपर्दा टाइम लस हुनुका साथै इन्धन पनि धेरै कन्ज्युम हुन्छ । यात्रुको गुनासो पनि बढ्छ । (लेखक = सुदर्शन बर्तौला, हवाइ सुरक्षा प्रमुख तथा प्रवक्ता, यती एअरलाइन्स)

प्रतिक्रिया दिनुहोस
नेकपा एसका उम्मेदवार जीतबहादुरलाई शून्य मत

    नेकपा एसका सम्मानित नेता झलनाथ खनाल चुनावी कमाण्डर बनेको इलाम २

इलाममा कांग्रेसको सुरुआती अग्रता- सुहाङ दोस्रो, घण्टी चौथो

    इलाम २ को उपनिर्वचन अन्तर्गत जारी गणनामा पहिलो अपडेट सार्वजनिक भएको

सबैभन्दा धेरै रेमिट्यान्स भित्र्याउने बैंकमा ग्लोबल आइएमई सम्मानित

    ग्लोबल आइएमई बैंक लिमिटेड आर्थिक वर्ष २०७९–८० मा सबैभन्दा धेरै रेमिट्यान्स

नेपाल र मलेसियाबीच व्यापार प्रवर्द्धन पत्रमा हस्ताक्षर

    नेपाल उद्योग वाणिज्य महासंघ र मलेसियाली उद्योग वाणिज्य महासंघबीच व्यापार तथा