बाँड्ने होइन कमाउने नीतिले समाजवाद आउँछ : सुरेन्द्र पाण्डे



 

 

नेकपा एमालेका उपाध्यक्ष तथा पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले नेपालमा समाजवाद ल्याउनका लागि पुँजिवादको विकास गर्नुपर्ने र त्यसका लागि बाँड्ने होइन कमाउने नीतिमा जोड दिनुपर्ने बताएका छन् । एमालेनिकट राष्ट्रिय पर्यटन व्यवसायी संगठनको वागमति प्रदेश अधिवेशनलाई सम्बोधन गर्दै पूर्व अर्थमन्त्री पाण्डेले चीनमा माओ त्से तुङको वर्ग संघर्षको नीति छाडेर देङ स्याओ पिङले उत्पादन गरेर कमाउँने नीति लिएपछि कम्युनिस्ट शासन बलियो बनेको उदाहरण दिए । पाण्डेले समाजवादमा बाँड्ने भन्दा पनि कमाउने कुरामा जोड दिनुपर्ने आफ्नो निष्कर्ष रहेको सुनाए । उनले धन कमाउने कुरा कम्युनिस्ट सिद्धान्त होइन भन्ने गलत परम्परा बदल्नुपर्ने समेत बताएका छन् ।

पाण्डेले भने–नेपालमा जबसम्म पुँजिवादको विकास हुँदैन तबसम्म समाजवाद आउँदैन । त्यसका लागि हरेक मान्छेलाई कमाउने कुरामा संलग्न गराउनुपर्छ । कतिपय मानिस अहिले नै वितरण गरौं समाजवाद यहि हो भन्छन् । तर खल्तिमा भए पो वितरण गर्ने । त्यसैले समाजवादका लागि वितरण गर्ने होइन कमाउने कुरामा जोड गरौं । कमाउन प्रतिस्पर्धा गरौं,तपाईहरुको हातमा पैसा भयो भने सरकारले एक सेकेण्डमा तान्न सक्छ । स्वदेशमा पैसा कमाउने र बाहिर जान नदिने नीति राज्यले लिएमा देश धनी हुने पाण्डेले बताए । अधिवेशनलाई एमाले निकट उद्योग व्यवसायी महासंघका अध्यक्ष एलपी साँवा लिम्बु,पर्यटन व्यवसायी संगठनका कार्यवाहक अध्यक्ष राजेन्द्र सापकोटालगायतले सम्बोधन गरेका थिए ।

 

प्रतिक्रिया दिनुहोस
चेक बाउन्स हुँदैमा कालोसूचीमा नपर्ने

    अब चेक बाउन्स हुँदा कालोसूचीमा नपर्ने भएको छ । आज राष्ट्र

सेयर धितो कर्जामा २० करोडको सीमा खारेज

    बैंक तथा वित्तीय संस्थाहरुबाट सेयर धितो कर्जामा संस्थाहरुलाई दिइने अधिकतम २०

ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृतमा सुरेन्द्रराज रेग्मी नियुक्त

    ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुरेन्द्रराज रेग्मी नियुक्त

राजदूतमा कांग्रेस-एमालेबीच भागबण्डा मिल्यो

    सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेले राजदूतको भागबण्डा मिलाएका छन्