क्रिश्चियन नमान्नेलाई देशद्रोहको मुद्दा लगाउने धम्कीप्रति भीम रावल आपत्ति



हाम्रो इकोनोमि

 

 

नेकपा एमालेका नेता तथा पूर्वगृहमन्त्री भीम रावलले संस्कृतिमन्त्री सुदन किरातीको क्रिश्चियन नमान्नेलाई देशद्रोहको मुद्दा लगाउने धम्कीप्रति आपत्ति जनाएका छन् । रावलले सामाजिक सञ्जालबाट आफ्नो वक्तव्य जारी गर्दै किरातहरूले मुन्धुम मान्नु देशद्रोह हो ? भन्ने प्रश्न समेत गरेका छन् । किरातीले बुधबार एक कार्यक्रममा क्रिश्चियन नमान्नेलाई देशद्रोहको मुद्दामा पाता कसेर जेल हाल्ने चेतावनी दिएका थिए ।

रावलले किरातीलाई प्रश्न गर्दै सोधेका छन्, ‘मन्त्री सुदन राई किरातीलाई नेपाली जनताले सोध्नै पर्ने प्रश्न : के मन्त्री सुदनका पूर्खा क्रिश्चियन थिए ? थिएनन् भने के ती देशद्रोही थिए ? किरातहरूले मुन्धुमु मान्नु के देशद्रोह हो ? यस्ता प्रश्नको जवाफ चाहियो । किरातीले संविधानविपरीत अभिव्यक्ति दिएको भन्दै उनलाई बर्खास्त गर्न दबाब परे पनि प्रधानमन्त्री र सत्ता गठबन्धनले मौनता साँधेको छ ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...