पहाडी गाउँ रित्तिए, हामी सत्ताकेन्द्रित भयौं : एमाले



हाम्रो इकोनोमि

 

 

१८ दिने ‘झुलाघाटदेखि चिवाभञ्ज्याङसम्म समृद्धिका लागि संकल्प यात्रा’ बाट फर्किएको नेकपा एमाले अहिले समीक्षामा व्यस्त छ । यद्यपि, एमालेको एकमुष्ट निष्कर्ष छ- अभियान सफल रह्यो । अभियानलाई टुंग्याउँदै चिवाभञ्ज्याङ पुगेर ओलीले मध्यपहाडको विशेषता, परिचय, समस्या र सम्भावना बुझ्ने मौका पाएको बताएका थिए । यो यात्राले देश विकासको खाका बनाउने आधार तयार गरेको छ । देशलाई विकास र समृद्धिको दिशामा अघि बढाउन असाधारण भूमिका खेलेको छ । राजनीतिप्रति जनतामा फैलँदै गएको निराशालाई आशामा परिणत गरेको छ’ ओलीको भनाइ थियो । अभियानपछि हौसिएका ओलीले एमालेले मात्र चुनौतीको सामना गर्न सक्छ भन्ने दृष्टान्त यात्राले तय गरेको जिकिर गर्न समेत भ्याए । तर, अभियानको उपलब्धि र अबको रणनीतिबारे ८ गते दिउँसो १ बजे पार्टी कार्यालय च्यासलमा पत्रकार सम्मेलन गरेर जानकारी गराउने तयारी छ । त्यही अनुसार अहिले अभियानका क्रममा आएको सुझाव, माग र गुनासोलगायतको विषयवस्तुमा अध्ययन गर्न नेताहरू व्यस्त छन् । त्यसबारे छलफल गर्नको लागि बुधबार ओलीले अनैपचारिक सचिवालय बैठक राखेका थिए । बैठकले संकल्प यात्रा पूर्णरूपमा सफल भएको निष्कर्ष निकालेको प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले बताए । एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले अभियानले एमालेप्रति जनताको भरोषा बढेको दाबी गरे ।

अभियानबारे उनले भनेका थिए, ‘हामीले जनताको समस्या सुन्ने, त्यहाँका प्रतिनिधिसँग कुरा बुझ्ने काम गरिरहेका छौं । हामीले सोचेभन्दा जनताको समर्थन, साथ, माया र सद्भाव पाएका छौं । साथै जनताको भरोसा पनि । उनले नीति, कार्यक्रम, योजना, अठोट र संकल्पको आधारमा जनता एमालेलाई बहुमत दिन तयार रहेको जिकिर गरे । पोखरेल भन्छन्, ‘हामीले गरेको कामको आधारमा जनताका बीचमा छौं। हामी प्रतिस्पर्धाबाट जनताको विश्वास प्राप्त गरेर मुलुकलाई सही दिशामा अगाडि बढाउन चाहन्छौं । त्यसैले मिसन ०८४ भनेको एउटा महत्वपूर्ण अवसर हो । त्यसैलाई टार्गेट गरेर गएका छौं । यो एमालेको लागि होइन देश र जनताको लागि हो ।

उपाध्यक्ष सुरेन्द्र पाण्डे पनि सफल भएको र समीक्षाको क्रममा रहेको बताए । आज एक कार्यक्रमलाई बोल्दै उनले अभियानको क्रममा पहाडबाट निरन्तर बसाइसरा बढिरहेको देखेको बताए । उनले भने, ‘गएको १० वर्षमा ३२ वटा जिल्लाको जनसंख्या घटेको जनगणनाको तथ्यांकले देखाउँछ । निरन्तर पहाडको बस्ती खाली भइरहेका छन् । जनसंख्यालाई पहाडमै रोक्न विकासको मोडल परिवर्तन गर्नुपर्छ । उनले मध्यपहाडी लोकमार्गलाई १८ सय किलोमिटरमा खुलेको ट्याकलाई १००० किलोमिटरमा झार्न सके देशको अर्थतन्त्रको लाइफलाइन बन्ने बताए । उनले भने, ‘यो बाटोलाई पूर्वदेखि पश्चिमसम्म हजार किलोमिटरमा ल्याउन सक्यौं भने नेपालीको अर्थतन्त्रको लाइफलाइन बन्नसक्छ । शहरहरूको विकास गर्ने सम्भावना ठूलो छ । त्यसैले हामीले त्यो योजना बनाएर अघि बढ्नुपर्छ ।

प्रतिक्रिया दिनुहोस
सुकुमबासीलाई देशभर संगठित गर्दै श्रम संस्कृति पार्टी

  श्रम संस्कृति पार्टीले सुकुमबासीहरूलाई संगठित गर्ने भएको छ । सरकारले सुकुमबासी बस्ती...

विद्यालयमा डोजर चलाइएकोमा नेविसंघको आपत्ति

     नेपाली कांग्रेसनिकट नेविसंघले सुकुमबासी बस्ती हटाउँदा वैकल्पिक योजनाबिनै सरस्वती आधारभूत विद्यालयमा...

कक्षा १२ को परीक्षा सुरु

    कक्षा १२ को परीक्षा सोमबारदेखि सुरु भएको छ । माध्यमिक तहको...

त्रिविको क्रिकेट रंगशाला खाली गर्न ३५ दिने अल्टिमेटम

    त्रिभुवन विश्वविद्यालयले आफ्नो हाताभित्र रहेको क्रिकेट रगंशाला खाली गर्न ३५ दिनको...