माओवादी अरू कसैका लागि सेवा दिने मिसनरी उद्योग हो भन्ने फेरि प्रमाणित भयो : गोकुल बास्कोटा



हाम्रो इकोनोमि

 

 

नेकपा एमालेका पोलिटब्युरो सदस्य तथा सांसद गोकुलप्रसाद बास्कोटाले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले कत्रो जेल बनाउलान् त अब भन्दै व्यंग्य गरेका छन् । एक कार्यक्रममा मन्त्री किराँतीले क्रिश्चियन धर्म नमान्ने देशद्रोही हुन कसैले देशद्रोह गर्छ भने त्यसलाई हतकडी लगाउने जेलमा हालिदिने हो भन्ने अभिव्यक्ति दिएपछि सामाजिक सञ्जाल फेसबुकमार्फत नेता बास्कोटाले नेपालमा उनले थुन्नै पर्ने राष्ट्रद्रोहीको संख्या (हिन्दु, वौद्ध, मुस्लिम आदी) करिब ९८ प्रतिशत रहेको उल्लेख गर्दैमन्त्री किराँतीले कत्रो जेल बनाउलान् त अब भन्दै व्यंग्य गरेका हुन् ।

साथै उनले माओवादी अरू कसैका लागि सेवा दिने मिसनरी उद्योग हो भन्ने फेरि प्रमाणित भएको उल्लेख गरेका छन् । धर्म व्यक्तिगत स्वतन्त्रता हो भन्दै उनले संस्कृति र सभ्यता देशको मौलिकता र पहिचान भएको बताए । ‘संस्कृति मन्त्री किराँतीले कत्रो जेल बनाउलान त अब ? उनले थुन्नै पर्ने राष्ट्रद्रोहीको संख्या (हिन्दु, वौद्ध, मुस्लिम आदी) करीब ९८ % रहेछ ।’ बाँस्कोटाले भनेका छन् ‘माओवादी अरु कसैका लागि सेवा दिने मिसनरी उद्योग हो भन्ने फेरि प्रमाणित भयो । धर्म व्यक्तिगत स्वतन्त्रता हो । तर संस्कृति र सभ्यता देशको मौलिकता र पहिचान ।

प्रतिक्रिया दिनुहोस
बाढीले चरौँदीको झोलुङ्‍गे पुल बगायो

    त्रिशूली नदीमा आएको बाढीले चरौँदीमा रहेको झोलुङ्गे पुल बगाएको छ ।...

बाढीमा परेका मानिसलाई बर्ड फ्लु लागेका कुखुराजसरी गाडिनु दुर्भाग्यपूर्ण : महेश बस्नेत

    नेकपा एमालेका सचिव महेश बस्नेतले बाढीपहिरोमा ज्यान गुमाएका नेपाली नागरिकको शव...

रसुवाको बाढीमा हालसम्म ७३४ जनाको मृत्यु

    रसुवाको भोटेकोशीमा १० भदौमा आएको विनाशकारी बाढीमा बेपत्ता भएका मध्ये ७३४...

कृष्णभीरमा बाढीले सडक बगायो, काठमाडौं-मुग्लिन यातायात बन्द

    बाढीका कारण काठमाडौं-मुग्लिन सडक पूर्ण रुपमा अवरुद्ध भएको छ । भोटेकोशी...