माओवादी अरू कसैका लागि सेवा दिने मिसनरी उद्योग हो भन्ने फेरि प्रमाणित भयो : गोकुल बास्कोटा



 

 

नेकपा एमालेका पोलिटब्युरो सदस्य तथा सांसद गोकुलप्रसाद बास्कोटाले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले कत्रो जेल बनाउलान् त अब भन्दै व्यंग्य गरेका छन् । एक कार्यक्रममा मन्त्री किराँतीले क्रिश्चियन धर्म नमान्ने देशद्रोही हुन कसैले देशद्रोह गर्छ भने त्यसलाई हतकडी लगाउने जेलमा हालिदिने हो भन्ने अभिव्यक्ति दिएपछि सामाजिक सञ्जाल फेसबुकमार्फत नेता बास्कोटाले नेपालमा उनले थुन्नै पर्ने राष्ट्रद्रोहीको संख्या (हिन्दु, वौद्ध, मुस्लिम आदी) करिब ९८ प्रतिशत रहेको उल्लेख गर्दैमन्त्री किराँतीले कत्रो जेल बनाउलान् त अब भन्दै व्यंग्य गरेका हुन् ।

साथै उनले माओवादी अरू कसैका लागि सेवा दिने मिसनरी उद्योग हो भन्ने फेरि प्रमाणित भएको उल्लेख गरेका छन् । धर्म व्यक्तिगत स्वतन्त्रता हो भन्दै उनले संस्कृति र सभ्यता देशको मौलिकता र पहिचान भएको बताए । ‘संस्कृति मन्त्री किराँतीले कत्रो जेल बनाउलान त अब ? उनले थुन्नै पर्ने राष्ट्रद्रोहीको संख्या (हिन्दु, वौद्ध, मुस्लिम आदी) करीब ९८ % रहेछ ।’ बाँस्कोटाले भनेका छन् ‘माओवादी अरु कसैका लागि सेवा दिने मिसनरी उद्योग हो भन्ने फेरि प्रमाणित भयो । धर्म व्यक्तिगत स्वतन्त्रता हो । तर संस्कृति र सभ्यता देशको मौलिकता र पहिचान ।

प्रतिक्रिया दिनुहोस
चन्द्रागिरिको वनमा आगलागी

  काठमाडौंको चन्द्रागिरि नगरपालिकामा पर्ने केउरानी सामुदायिक वनमा आगलागी भएको छ ।आगलागी भएको

माओवादी कसैको बैशाखीबिना एक्लै लड्नसक्छौं : प्रचण्ड

     नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले स्यानीय तहको उपनिर्वाचन र

आठ महिनामा ९ खर्ब ८७ अर्ब वैदेशिक व्यापार घाटा

    नेपालबाट हुने वस्तु तथा सेवाहरूको निर्यात बढेको छ । चालु आर्थिक

चुच्चे नक्सा बुच्चे कुन व्यवस्था हुँदा भएको हो : प्रधानमन्त्री ओली

    प्रधानमन्त्री केपी शर्मा ओलीले कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपालकै भू-भाग भएको