नयाँ स्टक लाइसेन्स वितरण गर्ने अध्यक्षको योजना विफल



हाम्रो इकोनोमि

 

 

नयाँ स्टक लाइसेन्स दिने विषयमा छलफल गर्न डाकिएको धितोपत्र बोर्ड सञ्चालक समितिको बैठकमा तनाव भएको छ । सञ्चालक समितिका केही सदस्यले बैठक नै बहिष्कार गरे भने केहीले अध्यक्षको प्रस्तावमा ‘अब्जेक्सन’ जनाए । नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश हमालले ठूलो व्यवसायिक घरानाको स्वार्थमा नयाँ स्टक लाइसेन्स दिन लागेको भन्दै सञ्चालक समितिमा लफडा भएको हो । हमालको कार्याकाल यही पुस २३ गते सकिदै छ । कार्यकाल सकिने बेलामा जसरी पनि नयाँ स्टक लाइसेन्स दिने उनको तयारी थियो । तर, उनको योजना सफल भएन । बैठकमा सहभागी भएकाहरुल पनि आर्थिक चलखेल देखिएकाले अध्ययन गरेर मात्रै लाइसेन्सको प्रक्रिया अगाडि बढाउनपर्ने अडान लिए । हमालले आर्थिक चलखेलमा शक्तिकेन्द्रलाई रिझाएर लाइसेन्स दिलाउन लागेको आरोप लगाइएको थियो ।

प्रतिक्रिया दिनुहोस
आईजीपी होईन, तातोपानी नाका चलाऊ : गोकुल बाँस्कोटा

    नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले सरकारलाई नेपाल प्रहरीका महानिरीक्षकको विषयमा अल्झिनुभन्दा...

काठमाडौं उपत्यकाबाट सबै जिल्लावासीले नागरिकताको प्रतिलिपि पाउने

    अन्य जिल्लाका नेपाली नागरिकले पनि अब काठमाडौं उपत्यकाबाट नागरिकताको प्रतिलिपि लिन...

आनीको नियुक्तिप्रति कांग्रेसको पनि आपत्ति

    लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिलाई लिएर प्रमुख प्रतिपक्षी...

बैंकहरूको गैरबैंकिङ सम्पत्ति ४७ अर्ब नाघ्यो

    वाणिज्य बैंकहरूमा कर्जा असुली तथा धितो व्यवस्थापनसँग जोडिएको गैरबैंकिङ सम्पत्तिको आकार...