नयाँ स्टक लाइसेन्स वितरण गर्ने अध्यक्षको योजना विफल



हाम्रो इकोनोमि

 

 

नयाँ स्टक लाइसेन्स दिने विषयमा छलफल गर्न डाकिएको धितोपत्र बोर्ड सञ्चालक समितिको बैठकमा तनाव भएको छ । सञ्चालक समितिका केही सदस्यले बैठक नै बहिष्कार गरे भने केहीले अध्यक्षको प्रस्तावमा ‘अब्जेक्सन’ जनाए । नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश हमालले ठूलो व्यवसायिक घरानाको स्वार्थमा नयाँ स्टक लाइसेन्स दिन लागेको भन्दै सञ्चालक समितिमा लफडा भएको हो । हमालको कार्याकाल यही पुस २३ गते सकिदै छ । कार्यकाल सकिने बेलामा जसरी पनि नयाँ स्टक लाइसेन्स दिने उनको तयारी थियो । तर, उनको योजना सफल भएन । बैठकमा सहभागी भएकाहरुल पनि आर्थिक चलखेल देखिएकाले अध्ययन गरेर मात्रै लाइसेन्सको प्रक्रिया अगाडि बढाउनपर्ने अडान लिए । हमालले आर्थिक चलखेलमा शक्तिकेन्द्रलाई रिझाएर लाइसेन्स दिलाउन लागेको आरोप लगाइएको थियो ।

प्रतिक्रिया दिनुहोस
एमाले वरिष्ठ नेता भण्डारीले लिइन् शपथ

    पूर्वराष्ट्रपतिसमेत रहेको विद्यादेवी भण्डारीले नेकपा एमालेको वरिष्ठ नेता पदको शपथ लिएकी...

वरिष्ठ नेता विद्या भण्डारीसहित एमाले स्थायी कमिटी बैठक सुरु

    नेकपा एमालेको स्थायी कमिटी बैठक सुरु भएको छ । बैठकमा पूर्व...

गगन थापालाई निर्विरोध सभापति बनाउने तयारी

     नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट गगन थापालाई निर्विरोध सभापति बनाउने तयारी भएको...

पूर्वप्रधानन्यायाधीश चोलेन्द्रको घरमा सम्पत्ति शुद्धीकरणको छापा

    सम्पत्ति शुद्धीकरण विभागले पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा, उनी निकटका केही व्यक्तिहरू...