६० खर्ब पुग्यो बैंकहरूको निक्षेप



हाम्रो इकोनोमि

 

 

बैंक तथा वित्तीय संस्थाको निक्षेप ६० खर्ब नाघेको छ । नेपाल राष्ट्र बैंकको पुस ३ गतेसम्मको तथ्यांकमा यो विवरण देखिएको हो । जसमा वाणिज्य बैंकको मात्र ५३ खर्ब २३ अर्ब रहेको छ । यस्तै अन्य बैंक तथा वित्तीय संस्थामा ६ खर्ब ९१ करोड रूपैयाँ रहेको केन्द्रीय बैंकको तथ्यांकमा छ । बैंक तथा वित्तीय संस्थाले गरेको कर्जा लगानी भने करिब ५० खर्ब पुगेको छ । बैंक तथा वित्तीय संस्थाले सर्वसाधारण तथा संस्थागत निक्षेप लिएर कर्जा प्रवाह गर्ने गरेका छन् ।

बैंकहरूको सीडी रेसियो (कर्जा पुँजी अनुपात) ७९.८९ प्रतिशत छ । यसले बैंकहरूसँग प्रशस्त लगानीयोग्य रकम (तरलता) रहेको इंगित गर्छ । यस्तै अन्तर बैंक ब्याजदर पनि ३ प्रतिशतभन्दा कम छ यसले बैंकहरूको व्याजर निकै सस्तो रहेको देखाउँछ । अहिले सर्वसाधारणको मुद्दती निक्षेपको ब्याजदर नै एकल अंकमा झरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस
एमाले वरिष्ठ नेता भण्डारीले लिइन् शपथ

    पूर्वराष्ट्रपतिसमेत रहेको विद्यादेवी भण्डारीले नेकपा एमालेको वरिष्ठ नेता पदको शपथ लिएकी...

वरिष्ठ नेता विद्या भण्डारीसहित एमाले स्थायी कमिटी बैठक सुरु

    नेकपा एमालेको स्थायी कमिटी बैठक सुरु भएको छ । बैठकमा पूर्व...

गगन थापालाई निर्विरोध सभापति बनाउने तयारी

     नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट गगन थापालाई निर्विरोध सभापति बनाउने तयारी भएको...

पूर्वप्रधानन्यायाधीश चोलेन्द्रको घरमा सम्पत्ति शुद्धीकरणको छापा

    सम्पत्ति शुद्धीकरण विभागले पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा, उनी निकटका केही व्यक्तिहरू...