वाणिज्य बैंकहरुले ४ महिनामा २० अर्ब नाफा कमाए



 

 

चालू आर्थिक वर्षको चार महिनामा वाणिज्य बैंकहरुले २० अर्ब ७३ करोड बढी रुपैयाँ खुद नाफा कमाएका छन् । चालू आर्थिक वर्ष २०८०/०८१ को कात्तिक मसान्तसम्म वाणिज्य बैंकहरुले २० अर्ब ७३ करोड २० लाख रपैयाँ खुद नाफा कमाएका हुन् । चालू आर्थिक वर्षको पहिलो चार (साउनदेखि कात्तिक) महिनासम्म सबैभन्दा बढी नबिल बैंकले २ अर्ब १६ करोड ९० लाख रुपैयाँ बढी खुद नाफा कमाएको छ । त्यस्तै, ग्लोबल आइएमई बैंकले १ अर्ब ९४ करोड ९० लाख, नेपाल इनभेष्टमेन्ट मेघा बैंकले १ अर्ब ८६ करोड ६० लाख, प्राइम बैंकले १ अर्ब ५३ करोड ४० लाख, हिमालयन बैंकले १ अर्ब ५० करोड ६० लाख, एनआईसी एसीयाँ बैंकले १ अर्ब ३ठ करोड ७० लाख, एनएमबी बैंकले १ अर्ब २३ करोड ८० लाख, राष्ट्रिय बैंकले १ अर्ब २० करोेड ६० लाख, एभरेष्ट बैंकले १ अर्ब ८ करोड, प्रभु बैंकले १ अर्ब ५ करोड ७० लाख, स्टयाडर्ड चार्टड बैंकले ९८ करोड १० लाख, कुमारी बैंकले ८८ करोड ८०, सानीमा बैंकले ७७ करोड ७० लाख, माछापुच्छ्रे बैंकले ६७ करोड १० लाख, नेपाल बैंकले ६६ करोड ८० लाख, सिटिजन्स बैंकले ५८ करोड २० लाख, लक्ष्मीसनराइज बैंकले ५१ करोड ५० लाख, सिद्धार्थ बैंकले ३३ करोड ३० लाख रुपैयाा खुद नाफा आर्जन गरेका छन् । त्यसैगरी, कृषि विकास बैंकको नाफा भने, ऋणात्मक रहेको छ । कार्तिक महिनासम्म बैंकको खुद नोक्सानी २७ करोड ८० लाख रुपैयाँ रहेको छ ।

 

कुन बैंकले कति नाफा कमाए ?

प्रतिक्रिया दिनुहोस
चेक बाउन्स हुँदैमा कालोसूचीमा नपर्ने

    अब चेक बाउन्स हुँदा कालोसूचीमा नपर्ने भएको छ । आज राष्ट्र

सेयर धितो कर्जामा २० करोडको सीमा खारेज

    बैंक तथा वित्तीय संस्थाहरुबाट सेयर धितो कर्जामा संस्थाहरुलाई दिइने अधिकतम २०

ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृतमा सुरेन्द्रराज रेग्मी नियुक्त

    ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुरेन्द्रराज रेग्मी नियुक्त

राजदूतमा कांग्रेस-एमालेबीच भागबण्डा मिल्यो

    सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेले राजदूतको भागबण्डा मिलाएका छन्