शीतल निवासमा राष्ट्रपति र प्रधानमन्त्रीबीच भेट



हाम्रो इकोनोमि

 

 

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेट गरेका छन् । राष्ट्रपति पौडेल भेट्न प्रधानमन्त्री दाहाल मंगलबार बिहान शीतल निवास पुगेका थिए। भेटमा उनीहरूबीच देशको पछिल्लो राजनीतिक अवस्था र समसायिक विषयमा छलफल भएको राष्ट्रपतिको कार्यालयले जनाएको छ । राष्ट्रपति पौडेलले पछिल्लो समय सरकारका कामप्रति निरन्तर चासो राख्दै आएका छन् ।

भेटमा राष्ट्रपति पौडेलले राष्ट्रिय सभा निर्वाचनबारे पनि चासो राखेको बताइएको छ। राष्ट्रिय सभामा राष्ट्रपतिबाट मनोनीत हुने एक महिला सदस्यसहित २० जना सदस्यहरुको पदावधि सकिदैँछ । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिबाट एकजना मनोनीत हुने व्यवस्था छ । सरकारले १९ सिटका लागि माघ ११ मा निर्वाचन गर्ने मिति तोकेको छ ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...