जनतालाई धोका दिनेहरू अहिले अस्थिरता ल्याउन लागे : महासचिव पोखरेल



हाम्रो इकोनोमि

 

 

 

नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले कोशी नामको पक्षमा मतदान गर्ने अनि जातीय पहिचानको आधारमा प्रदेशको नामकरण हुनुपर्ने बताउनेहरूले अस्थिरता ल्याएको बताएका छन् । विराटनगरमा पत्रकार सम्मेलनमा बोल्दै महासचिव पोखरेलले पहिला कोशी नाममा मतदान गर्ने अनि जातीय पहिचानको कुरा गर्नेहरूका कारण अस्थिरता तर्फ देश गएको बताए । उनले एमाले चुनावका बेला पनि साझा नामका पक्षमा रहेको र सबैको सहमतिमा कोशी नाम राखिएको बताए ।

उनले भने जातीय नाम राख्छौ भनेर मत मागेपछि धोका दिए । जनतालाई धोका दिनेहरू अहिले अस्थिरता ल्याउन लागे ।’उनले हालै सम्पन्न सङ्कल्प यात्रा एमालेको भए पनि कार्यक्रम सर्वदलीय भएको बताए । धेरै जिल्लामा संयुक्त ज्ञापन पत्र दिएको साझा र सामूहिक समस्या प्रकट भएको उल्लेख गर्दै उनले प्रदेशको र जिल्लाको समस्याका बारेमा माग राखेको र त्यो माग कुनै राजनीतिक दलको भन्दा पनि जनताले स्वतः स्फूर्त माग राखेको बताए । उनले मध्य पहाडमा धेरै विकास पुगेको भए पनि बसाइसराइको समस्या त्यो भन्दा बढी भएको बताए । एमाले नेतृत्वको सरकारले शुरु गरेको स्मार्ट सिटीको काम रोकिएको उल्लेख गर्दै उनले एमालेको योजना सरकारले ल्याएको योजना अन्य सरकारले नबुझेका बताए ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...