नेप्से ३८ अङ्कले वृद्धि, ६ अर्ब ८६ करोडको कारोबार



 

 

धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक उच्च अङ्कले वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ३८ दशमलव १४ अङ्कले उकालो लागेर दुई हजार ६० दशमलव ४९ मा पुगेको छ । ठूला कम्पनीको कारोबार मापक सेन्सेटिभ परिसूचक नौ दशमलव ५६ अङ्कले उकालो लागेर तीन सय ९० दशमलव ६३ मा पुगेको छ । कारोबार भएका १३ उपसमूहमध्ये एक उपसमूहको शेयर मूल्यमा गिरावट भएको छ भने १२ उपसमूहको शेयर मूल्यमा वृद्धि भएको छ ।

कूल दुई करोड १४ लाख ९७ हजार छ सय १९ कित्ता शेयर रू छ अर्ब ८६ करोड ८१ लाख ७७ हजार पाँच सय ५६ मूल्यमा कारोबार भएको छ । नेप्सेका अनुसार, कारोबार भएकामध्ये हिमाल दोलखा हाइड्रोपावर शीर्ष स्थानमा छ । सो कम्पनीको रू २६ करोड २६ लाख ७४ हजार चार सय ७२ बराबरको कारोबार भएको छ । सोनापुर मिनरल्स रू २० करोड २८ लाख ४६ हजार दुई सय १४, सोल्टी होटल रू १८ करोड ४३ हजार ४७ हजार, शिवम् सिमेन्ट रू १६ करोड ८३ लाख ९६ हजार पाँच सय ९७ र घोराही सिमेन्ट रू १४ करोड ३३ लाख २० हजार छ सय ६२ बराबरको कारोबार भई शीर्ष पाँच भित्र पर्न सफल भएका छन् ।

नेप्सेका अनुसार बोटलर्स नेपाल, सूर्यज्योति लाइफ इन्स्योरेन्स, स्वरोजगार लघुवित्त विकास बैंक, जीवन विकास लघुवित्त, बीपीडब्ल्यू लघुवित्त वित्तीय संस्था, हाथवे इन्भेस्टमेन्ट, मुक्तिनाथ कृषि कम्पनी, नेरुडे लघुवित्त वित्तीय संस्थाको शेयर मूल्यमा १० प्रतिशतले वृद्धि भ० सकारात्मक सर्किट लागेको छ । त्यस्तै, हिमालयन पावर पाटनर्स सात दशमलव ८६, डोल्टी पावर कम्पनी ६ दशमलव ५७, अप्पर स्याङ्गे हाइड्रोपावर पाँच दशमलव ३९, मोदी इनर्जी चार दशमलव ६२ र माई खोला हाइड्रोपावरका लगानीकर्ताले चार दशमलव ३३ प्रतिशतले गुमाएका छन् ।

प्रतिक्रिया दिनुहोस
चेक बाउन्स हुँदैमा कालोसूचीमा नपर्ने

    अब चेक बाउन्स हुँदा कालोसूचीमा नपर्ने भएको छ । आज राष्ट्र

सेयर धितो कर्जामा २० करोडको सीमा खारेज

    बैंक तथा वित्तीय संस्थाहरुबाट सेयर धितो कर्जामा संस्थाहरुलाई दिइने अधिकतम २०

ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृतमा सुरेन्द्रराज रेग्मी नियुक्त

    ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुरेन्द्रराज रेग्मी नियुक्त

राजदूतमा कांग्रेस-एमालेबीच भागबण्डा मिल्यो

    सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेले राजदूतको भागबण्डा मिलाएका छन्