जनताले एमाले नेतृत्वको सरकार खोजेका छन् : रामबहादुर थापा



हाम्रो इकोनोमि

 

 

नेकपा (एमाले)का उपाध्यक्ष रामबहादुर थापाले झुलाघाट–चिवाभन्ज्याङ समृद्धिका लागि संकल्प यात्रा नेपालको एउटा ऐतिहासिक अभियान भएको बताएका छन् । मंसिर १४ झुलाघाट सुरु भई पुस १ गते चिवाभन्ज्याङ पुगेर सम्पन्न भएको यात्राले समाजवादी आन्दोलन र समाजवाद स्थापनामा महत्त्वपूर्ण भूमिका निर्वाह गरेको थापाले बताए । ‘यो एउटा राजनीतिक अभियान थियो, यसले नेकपा एमालेको राजनीतिक कार्यदिशा स्थापना गर्न महत्पूर्ण भूमिका खेलेको छ’, उनले भने । नेपालको समृद्धिको लागि यात्राले पार्टीलाई प्रशिक्षित बनाएको र ज्ञान दिएको उनले बताए । अभियानबाट पार्टीले जनताबाट धेरै कुरा सिकोको उनको भनाइ छ । नेतृत्व विकासमा पनि यात्राले भूमिका निर्वाह गरेको उनले बताए । नेपालाई बुझ्न यात्राले पार्टीलाई ज्ञान दिएको उनको धारणा छ । ‘यो अभियान ठूलो विश्वविद्यालय बनेको छ’, थापाले भने ।

एमाले विरुद्ध गरिएको घेराबन्दीको भण्डाफोर गर्ने अभियानको रूपमा झुलाघाट–चिवाभन्ज्याङ समृद्धिका लागि संकल्प यात्रा रहेको उनको निष्कर्ष छ । एमाले विरुद्धको भ्रम चिर्न यात्रा सफल भएको उनले बताए । एमालेले नै देशलाई अघि बढाउन सक्छ भन्ने कुरामा नागरिकको विश्वास रहेको यात्राको क्रममा पाएको उनको भनाइ छ । ‘यो अभियानले के देखायो भने–नेपाली जनताले नेकपा एमालेको नेतृत्व खोजेका छन्’, उनले भने । एमाले र र जनताबीचको सम्बन्धलाई यो अभियानले निक्कै माथि उठाएको उनको ठम्याई छ । यसले एमालेले लिएको मिसन २०८४ लाई सफल गराउने सहयोग गर्ने उनको विश्वास छ ।

उपाध्यक्ष थापाले यो अभियान अन्त्य नभएर मिसन २०८४ को एउटा सिँढी भएको बताए । सबै घेराबन्दीलाई तोडेर जनता र पार्टीबीचको सम्बन्धलाई अझ सुमधुर बनाएर लैजाने उनले बताए । एमाले विरोधी अवसरवादी र प्रतिगामी शक्ति एमालेको यो अभियानबाट आतङ्कित भएका थापाको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस
सरकारले ठूलो मूल्य चुकाउनुपर्छ : प्रचण्ड

    नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बिनाकारण विशिष्ट...

दोहोरो अंक घट्यो सेयर बजार

    साताको पहिलो कारोबार दिन सोमबार सेयर बजार दोहोरो अंक घटेको छ...

नारायणीको पुलमुनि अड्किएको क्रुज सिप हटाउने तयारी

    नारायणी नदीको पुल मुनि अड्किएको राइनो क्रुज सिप हटाउने तयारी आज...

ललितपुरको धापाखेलमा साढे दुई तले घर ढल्यो

    ललितपुर महानगरपालिका धापाखेल-२४ मा साढे दुई तले घर ढलेको छ ।...