६० प्रतिशतले बढ्यो घरजग्गा कारोबार



हाम्रो इकोनोमि

 

 

मंसिर महिनामा देशभर ४१ हजार आठ सय ५१ संख्यामा घरजग्गा कारोबार भएको छ । यो अघिल्लो महिनाको तुलनामा ६० प्रतिशतले बढी हो ।  कात्तिकमा २६ हजार ४६ संख्यामा घरजग्गा कारोबार भएको भूमि व्यवस्थापन तथा अभिलेख विभागको तथ्यांकले देखाएको छ । घरजग्गा कोरोबार बढेसँगै राजश्व पनि ३२ प्रतिशतले बढेको देखिन्छ ।

कात्तिकमा घरजग्गा कारोबारबाट सरकारलाई दुई अर्ब १६ करोड रूपैयाँ राजश्व प्राप्त भएको थियो भने मंसिरमा दुई अर्ब ८६ करोड रूपैयाँ राजश्व प्राप्त भएको छ ।  सरकारलाई घरजग्गा कारोबारबाट सेवा कर, रजिस्ट्रेसन दस्तुर, पुँजीगत लाभकर लगायत विभिन्न शीर्षकमा राजस्व प्राप्त हुन्छ । त्यसमध्ये सबभन्दा बढी रजिस्ट्रेसन (दर्ता) दस्तुर र पुँजीगत लाभकरबाट प्राप्त हुन्छ ।

प्रतिक्रिया दिनुहोस
एमाले वरिष्ठ नेता भण्डारीले लिइन् शपथ

    पूर्वराष्ट्रपतिसमेत रहेको विद्यादेवी भण्डारीले नेकपा एमालेको वरिष्ठ नेता पदको शपथ लिएकी...

वरिष्ठ नेता विद्या भण्डारीसहित एमाले स्थायी कमिटी बैठक सुरु

    नेकपा एमालेको स्थायी कमिटी बैठक सुरु भएको छ । बैठकमा पूर्व...

गगन थापालाई निर्विरोध सभापति बनाउने तयारी

     नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट गगन थापालाई निर्विरोध सभापति बनाउने तयारी भएको...

पूर्वप्रधानन्यायाधीश चोलेन्द्रको घरमा सम्पत्ति शुद्धीकरणको छापा

    सम्पत्ति शुद्धीकरण विभागले पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा, उनी निकटका केही व्यक्तिहरू...