हाम्रो यात्रा गठबन्धनको अयोग्यताविरुद्ध हो : ओली



हाम्रो इकोनोमि

 

 

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो अभियानमा पहिचानवादीहरुले अवरोध गर्ने प्रयास गरेपछि संकल्प यात्रा सत्ता गठबन्धनको अयोग्यताविरुद्ध मात्रै भएका बताएका छन् । मध्यपहाडी संकल्प यात्राको क्रममा तेह्रथुममा आयोजित सभालाई सम्बोधन गर्दै गठबन्धनको अयोग्यताविरुद्धको आन्दोलनमा किन तगारो हाल्न आएको भन्दै पहिचानवादीहरूलाई प्रश्न गरे । उनले भने, ‘अभियानको क्रममा यतातिर परिस्थिति असहज बनाउँन केही मान्छेहरूले खोजेका छन् । उनीहरूले अरुको विरोध गरेका भन्ने सोचेका होलान् । तर, उनीहरूको आफ्नै विरोध गरिरहेका छन् । उनीहरूले आफ्नो खुट्टामा मात्रै होइन टाउकोमै बञ्चरो हानिरहेका छन् । म उनीहरूलाई भन्न चाहन्छु यो भावनात्मक आवेग र उत्तेजनालाई छाड्नुस् । शान्तिपूर्ण संवादबाट समस्याको समाधान खोज्न सकिन्छ । बाटाको ढुंगामुढा र विरोध प्रदर्शनले समस्या समाधान हुन्छ रु सल्लाका रुख ढालेर बाटो अवरोध गर्ने कुरा नचाहिने हुन् । हामी आफ्नो यात्रामा छौं । यो कसैको विरुद्ध होइन । उनले आफूहरूको अभियान देशको पक्षमा भएको भन्दै विरोधमा उत्रिएका पहिचानवादीहरूलाई पनि बुझ्न आग्रह गरे ।
उनले कालो झण्डा देखाएर हिंसात्मक र मुठभेडले समस्याको कुनै समाधान ननिस्किने बताए । लोकतन्त्रमा धैर्यता राखेर लोकतान्त्रिक विधिबाटै समस्या समाधान गनुपर्ने उनको भनाइ छ । उनले एमालेलाई जालझेल गरेर सरकारबाट हटाएको बताए । उनले भने, ‘हामी धैर्यता राख्छौं । फेरि पनि जनतामा विश्वास राख्छौं । धैर्यतापूर्ण ढङ्गले हामी अहिलेको गठबन्धनलाई सधैँलाई तोडेर जान्छौं । देशको विकासका लागि वाधक बनेका यसका षड्यन्त्रपूर्णक क्रियाकलापको भण्डाफोर गर्छौँ । जनताको अभिमतबाट संवैधानिक बाटोबाट हामी अगाडि आउँछौं ।

प्रतिक्रिया दिनुहोस
बाढीले चरौँदीको झोलुङ्‍गे पुल बगायो

    त्रिशूली नदीमा आएको बाढीले चरौँदीमा रहेको झोलुङ्गे पुल बगाएको छ ।...

बाढीमा परेका मानिसलाई बर्ड फ्लु लागेका कुखुराजसरी गाडिनु दुर्भाग्यपूर्ण : महेश बस्नेत

    नेकपा एमालेका सचिव महेश बस्नेतले बाढीपहिरोमा ज्यान गुमाएका नेपाली नागरिकको शव...

रसुवाको बाढीमा हालसम्म ७३४ जनाको मृत्यु

    रसुवाको भोटेकोशीमा १० भदौमा आएको विनाशकारी बाढीमा बेपत्ता भएका मध्ये ७३४...

कृष्णभीरमा बाढीले सडक बगायो, काठमाडौं-मुग्लिन यातायात बन्द

    बाढीका कारण काठमाडौं-मुग्लिन सडक पूर्ण रुपमा अवरुद्ध भएको छ । भोटेकोशी...