एमाले अध्यक्ष ओलीलाई धनकुटामा भव्य स्वागत



हाम्रो इकोनोमि

 

 

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई धनकुटामा भव्य स्वागत गरिएको छ । नेकपा एमाले सञ्चालन गरिरहेको ‘समृद्धिका लागि सङ्कल्प यात्रा’को अभियान अन्तर्गत अध्यक्ष ओलीसहितको टोलीलाई धनकुटामा आज भव्य स्वागत गरिएको हो । बैतडीको महाकाली नदी किनार झुलाघाटबाट यात्रा सुरु भएको १५ औँ दिन यात्रा पूर्वको अरुण तरेर धनकुटा प्रवेश गरेको हो । बिहीबार बिहान भोजपुरबाट सुरु भएको यात्रा धनकुटा प्रवेश गरेको छ। अरुण नदी किनारमा रहेको धनकुटाको लेगुवाघाटमा संकल्प यात्रालाई स्वागत गरिएको छ ।

संकल्प यात्रामा सहभागीलाई स्वागत गर्न अरुण नदी किनारमा ठूलो सङ्ख्यामा पार्टीका नेता, कार्यकर्ता तथा सर्वसाधारणको उपस्थिति रहेको छ। आफ्नो जातीय पहिचान सहितको पोसाकमा नेताहरूलाई स्वगत गर्न स्थानीय भेला हुनुभएको छ ।मध्यपहाडको आर्थिक, सामाजिक, सांस्कृतिक, धार्मिक अवस्था तथा उद्योग, पर्यटन लगायतको सम्भावना बुझ्न एमाले अध्यक्ष ओलीको नेतृत्वमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्षहरू महासचिव शंकर पोखरेल, उपमहासचिवहरू, सचिवहरू, स्थायी कमिटी, पोलिटब्युरो, केन्द्रीय कमिटी सदस्यहरू, प्रदेश कमिटी लगायतका नेताहरू, प्राविधिक, विज्ञ सम्मिलित टोली सहित समृद्धिको लागि संकल्प यात्रामा हुनुहुन्छ । बैतडीको झुलाघाटबाट मङ्सिर १४ गतेदेखि सुरु भएको यात्रा पुस १ गते पाँचथरको चिवाभञ्ज्याङ पुग्ने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया दिनुहोस
बाढीले चरौँदीको झोलुङ्‍गे पुल बगायो

    त्रिशूली नदीमा आएको बाढीले चरौँदीमा रहेको झोलुङ्गे पुल बगाएको छ ।...

बाढीमा परेका मानिसलाई बर्ड फ्लु लागेका कुखुराजसरी गाडिनु दुर्भाग्यपूर्ण : महेश बस्नेत

    नेकपा एमालेका सचिव महेश बस्नेतले बाढीपहिरोमा ज्यान गुमाएका नेपाली नागरिकको शव...

रसुवाको बाढीमा हालसम्म ७३४ जनाको मृत्यु

    रसुवाको भोटेकोशीमा १० भदौमा आएको विनाशकारी बाढीमा बेपत्ता भएका मध्ये ७३४...

कृष्णभीरमा बाढीले सडक बगायो, काठमाडौं-मुग्लिन यातायात बन्द

    बाढीका कारण काठमाडौं-मुग्लिन सडक पूर्ण रुपमा अवरुद्ध भएको छ । भोटेकोशी...