काम मिलाउने भन्दै करौडौं असुल गर्ने कांग्रेस नेताविरुद्ध प्रहरीमा उजुरी



हाम्रो इकोनोमि

 

 

अदालतमा परेका मुद्दा र जग्गा विवाद मिलाइदिने भन्दै विभिन्न झगडीयासँग करोडौं रकम उठाएर काम नगरेपछि नेपाली कांग्रेसका नेता भरतप्रसाद चौलागाईविरुद्ध पीडितले प्रहरी गुहारेका छन् । प्रहरीले चेक बाउन्स र ठगीको उजुरीमा चौलागाईविरुद्ध अदालतबाट पक्राउ पुर्जी लिने तयारी भइरहेको जनाएको छ । चौलागाईविरुद्ध पछिल्लोपटक घरजग्गा व्यवसायी सानुभाइ थापाले जाहेरी दिएका छन् । रामेछापमा कांग्रेस महासमिति सदस्य चुनावमा प्रत्यासी रहेका चौलागाईविरुद्ध ठगी र बैंकिङ कसूरका मुद्दा परेपछि उनी अहिले फरार छन् । उनी अहिले कांग्रेसको महाधिवेशन प्रतिनिधि छन् । जिल्लाका प्रभावशाली नेता चौलागाईले केही वर्षयता चुनाव लड्ने तयारीसहित विभिन्न विद्यालयमा पैसा र मसललन्द समेत बाँड्ने गरेका थिए । तर, सो रकम अदालतबाट मुद्दा मिलाइदिने भनेर विभिन्न झगडियासँग लिने गरेको खुलेको छ । गोपाल पराजुली प्रधान न्यायाधीश हुने बेलासम्म ठूला मुद्दाहरू मिलाएर पैसा कमाएका चौलागाईको पछिल्लो समय अदालतमा चल्न छाडेपछि पैसा लिने तर काम नहुने भएकाले पीडितको संख्या थपिएको हो । अहिलेसम्म प्रहरी र पीडितहरूको सम्पर्कमा आएका व्यक्तिहरूको हिसाब गर्दा उनले ३५ करोडभन्दा बढी रकम उठाएर नदिएको र कतिपयलाई दिएका चेक बाउन्स भएको पाइएको छ । केही ठूला व्यापारिक घरानाको समेत उनले अदालतमा मुद्दा मिलाइदिने भनेर लिएको पैसा फिर्ता नभएको प्रहरीले जनाएको छ । ती घरानाका व्यक्तिको गोपनीयता राख्न प्रहरीले चाहेको छ । प्रहरी स्रोतकाअनुसार चौलागाईबाट कांग्रेस नेता तथा कोशी प्रदेशका सांसद अमृत अर्यालसमेत ८ करोड ठगिएका छन् । विष्णु बर्देवाको १ करोड र तरुण दलका केन्द्रीयसमेत समेत रहेका रामेछापकै कांग्रेस नेता सौरभ केसीको समेत डेढ करोड फसेको छ । उनले केसीलाई सीजीको डिलर मिलाइदिने भनेर रकम लिएका थिए । पार्टी नेताहरूको आग्रहमा उनीहरु भने अहिले प्रहरीमा गइसकेका छैनन् ।

प्रतिक्रिया दिनुहोस
बाढीले चरौँदीको झोलुङ्‍गे पुल बगायो

    त्रिशूली नदीमा आएको बाढीले चरौँदीमा रहेको झोलुङ्गे पुल बगाएको छ ।...

बाढीमा परेका मानिसलाई बर्ड फ्लु लागेका कुखुराजसरी गाडिनु दुर्भाग्यपूर्ण : महेश बस्नेत

    नेकपा एमालेका सचिव महेश बस्नेतले बाढीपहिरोमा ज्यान गुमाएका नेपाली नागरिकको शव...

रसुवाको बाढीमा हालसम्म ७३४ जनाको मृत्यु

    रसुवाको भोटेकोशीमा १० भदौमा आएको विनाशकारी बाढीमा बेपत्ता भएका मध्ये ७३४...

कृष्णभीरमा बाढीले सडक बगायो, काठमाडौं-मुग्लिन यातायात बन्द

    बाढीका कारण काठमाडौं-मुग्लिन सडक पूर्ण रुपमा अवरुद्ध भएको छ । भोटेकोशी...