अभियानले मध्यपहाडको मौलिक पहिचानलाई उजागर गरेको छ : एमाले महासचिव



हाम्रो इकोनोमि

 

 

नेकपा एमालेका महासचिव शंकर पोखरेलले समृद्धिका लागि संकल्प यात्राले मध्यपहाडको मौलिक पहिचानलाई उजागर गरेको बताएका छन् । बिहीबार बिहान भोजपुरमा पत्रकारहरुसँग कुराकानी गर्दै महासचिव पोखरेलले मध्यपहाडी लोक मार्गको यात्राले मौलिक पहिचानलाई राष्ट्रियस्तरमा चिनाउन सहयोग गरेको बताए । यात्राले पार्टी अध्यक्ष र एमालेप्रतिको क्रेज अझ बढेर गएको उनको भनाइ छ । उनले भने, ‘यात्राले हाम्रो पार्टी अध्यक्षप्रतिको क्रेज बढेर गएको पायौं । बालबालिकादेखि जेष्ठ नागरिकहरुको अथाह माया पाएका छौँ । विपक्षी दलका नागरिकको पनि उत्तिकै सम्मान पाएका छौँ ।’ पोखरेलले पहाडी क्षेत्रमा विकासको परिवर्तन हुँदैछ भन्ने सन्देश आफूहरूले यात्राको क्रममा पाएको बताए ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...