नेपाली कांग्रेसको इतर पक्ष शेखर-गगनको भेलामा को-को पुगे



हाम्रो इकोनोमि

 

 

नेपाली कांग्रेसको इतर पक्षको बैठक सुरु भएको छ । बत्तिसपुतलीस्थित अनुपम फूडल्याण्डमा इतर समूहका नेता डा. शेखर कोइरालाले बोलाएको बैठक बसेको हो । बैठकमा उपसभापति धनराज गुरुङ, महामन्त्री गगन थापा, नेताहरु अर्जुननसिंह केसी, मिनेन्द्र रिजाल, चन्द्र भण्डारीलगायत कोइराला गुटबाट निर्वाचित पदाधिकारी, केन्द्रीय सदस्य र सांसदहरु उपस्थित छन् ।

शेखर र गगनबीच पछिल्लो समय खासगरी कोशी विद्रोहपछि संवादहीनताको अवस्था थियो । तर, नेता केसीसहित इतर पक्षको दबाबमा दुई नेताबीच वार्ता भएसँगै आजको बैठकमा महामन्त्री थापा आउन तयार भएका हुन् । शेखर र गगनबीच नेता केसीको घरमा वार्ता भएको थियो । आजको बैठकमा राष्ट्रियसभा निर्वाचान, केन्द्रीय कार्यसम्पादन समितिको बैठक, कांग्रेसले महासमिति बैठक लगायतको बिषयमा छलफल हुनेछ । पुसका लागि निर्धारित महासमिति बैठकलाई सभापति शेरबहादुर देउवाले फागुनमा पुर्‍याउने तयारी गरेका छन् । सभापति देउवाको कार्यशैली परिवर्तन नआएपछि कसरी अघि बढ्ने भन्नेबारे रणनीति बनाउन शेखरले आजको बैठक राखेको बताइन्छ ।

प्रतिक्रिया दिनुहोस
गोलभेँडा फालेर माइतीघर मण्डलामा किसानको प्रदर्शन

  तरकारी किसानहरूले बुधबार काठमाडौंको माइतीघर मण्डलामा गोलभेँडा सडकमा फालेर सरकारविरुद्ध विरोध प्रदर्शन...

सिंहदरबार अगाडि मोटरसाइकल पार्किङ गरेर अखिलको प्रदर्शन, ६ विद्यार्थी नेता पक्राउ

    सिंहदरबार अगाडि मोटरसाइकल पार्किङ गरेर प्रदर्शनमा उत्रिएका नेकपा एमाले निकट विद्यार्थी...

इरानका पुल र विद्युत केन्द्र ध्वस्त पार्ने ट्रम्पको धम्की

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान वार्तामा नफर्किए अर्को हप्तादेखि त्यहाँका पुल...

सरकारको विरोध गर्दा गोली हान्ने धम्की आयो : ऐन महर

    प्रतिपक्षी दल नेकपा एमालेका प्रमुख सचेतक ऐन महरले गुण र दोषको...