कोशीका मुख्यमन्त्री कार्कीको गाडीमा ढुङ्गा प्रहार



हाम्रो इकोनोमि

 

 

कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीलाई झापाको दमकमा पहिचानवादीहरूले अवरोधको प्रयास गरेका छन् । दमक नगरपालिकाले आयोजना गरेको लागुऔषधसम्बन्धी कार्यक्रम सहभागी हुन गएका मुख्यमन्त्री कार्कीका विरुद्ध नाराबाजी गर्दै आक्रमणको प्रयास भएको हो । उनको गाडीमा ढुङ्गासमेत हानिएको छ । मुख्यमन्त्री कार्कीमाथि आक्रमणको प्रयास भए पनि प्रहरीले अवरोध खुलाएको छ । एक दर्जनको सङ्ख्यामा रहेका पहिचानवादीहरूले मुख्यमन्त्री कार्कीविरुद्ध नाराबाजी गरेका छन् । मुख्यमन्त्रीका जनसम्पर्क सल्लाहकार लीलावल्लभ घिमिरेले अहिले अवस्था सामान्य भएको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...