एमालेको मध्यपहाडी यात्रा, कोशीमा सुरक्षा व्यवस्था कडा



हाम्रो इकोनोमि

 

 

झुलाघाट-चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्राको तेह्रौं दिन आज केपी ओली नेतृत्वको एमाले टोली कोशी प्रदेश प्रवेश गरेको छ । मंसिर १४ गते बैतडीको झुलाघाटबाट सुरू भएको यात्रा पुष्पलालको जन्मथलो रामेछापबाट सिन्धुली हुँदै केही बेरअघि कोशी प्रदेश छिरेको हो । बाँकी ६ दिन एमालेले यही प्रदेशमा बिताउनेछ ।
कोशी प्रदेशको नामकरणलाई लिएर असन्तुष्ट पहिचानवादीले एमालेको अभियानलाई अवरोध गर्ने उद्देश्यसहित आन्दोलनको घोषणा गरेका कारण यहाँ सुरक्षा व्यवस्था कडा पारिएको छ । ओखलढुंगा प्रवेशद्वार सुनकोशीको पुलबाटै सुरक्षाकर्मीको बाक्लो उपस्थिति छ । अभियानको रुट र सभास्थलमा नेपाल प्रहरी, सशस्त्र प्रहरीको टोली परिचालित छन् । गोपाल किरातीलगायत पहिचानवादी नेताले एमालेको यात्रालाई अवरोध गर्ने भन्दै भड्किलो अभिव्यक्ति दिएका थिए । तर, प्रदेशका सुरक्षा निकायका प्रमुखले सुरक्षा प्रत्याभूतिमा कुनै कमी नहुने बताएको छ । जनपथ र सशस्त्र प्रहरी बलका प्रदेश प्रमुखहरू कार्यक्रमस्थलको अनुगमनमा खटिएका छन् । उदयपुरमा खटिएका एपीएफ कोशीका प्रमुख डीआईजी अञ्जनीकुमार पोखरेलले अवाञ्छित गतिविधि गर्ने जोकोहीलाई कारबाही गरिने बताए । पहिचानको नाममा कार्यक्रमलाई अवरोध गर्ने प्रयास भए हामी छाड्दैनौं । त्यस्ता तत्वको कुनै शक्ति पनि छैन । हामीले एक,एकमाथि निगरानी गरिरहेका छौं’, उनले भने । रामेछाप मन्थलीबाट हिँडेको टोली सिन्धुलीको खुर्कोटमा भेटघाट कार्यक्रम राखिएको छ भने घुर्मीमा सभा हुँदैछ । हर्कपुरमा पनि मञ्च व्यवस्थापन भइसकेको छ । आज घुर्मीको सभा सकेर टोली खोटाङ सदरमुकाम दिक्तेल बास बस्नेछ ।

प्रतिक्रिया दिनुहोस
गोलभेँडा फालेर माइतीघर मण्डलामा किसानको प्रदर्शन

  तरकारी किसानहरूले बुधबार काठमाडौंको माइतीघर मण्डलामा गोलभेँडा सडकमा फालेर सरकारविरुद्ध विरोध प्रदर्शन...

सिंहदरबार अगाडि मोटरसाइकल पार्किङ गरेर अखिलको प्रदर्शन, ६ विद्यार्थी नेता पक्राउ

    सिंहदरबार अगाडि मोटरसाइकल पार्किङ गरेर प्रदर्शनमा उत्रिएका नेकपा एमाले निकट विद्यार्थी...

इरानका पुल र विद्युत केन्द्र ध्वस्त पार्ने ट्रम्पको धम्की

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान वार्तामा नफर्किए अर्को हप्तादेखि त्यहाँका पुल...

सरकारको विरोध गर्दा गोली हान्ने धम्की आयो : ऐन महर

    प्रतिपक्षी दल नेकपा एमालेका प्रमुख सचेतक ऐन महरले गुण र दोषको...