एमालेको मध्यपहाडी यात्रा, कोशीमा सुरक्षा व्यवस्था कडा



हाम्रो इकोनोमि

 

 

झुलाघाट-चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्राको तेह्रौं दिन आज केपी ओली नेतृत्वको एमाले टोली कोशी प्रदेश प्रवेश गरेको छ । मंसिर १४ गते बैतडीको झुलाघाटबाट सुरू भएको यात्रा पुष्पलालको जन्मथलो रामेछापबाट सिन्धुली हुँदै केही बेरअघि कोशी प्रदेश छिरेको हो । बाँकी ६ दिन एमालेले यही प्रदेशमा बिताउनेछ ।
कोशी प्रदेशको नामकरणलाई लिएर असन्तुष्ट पहिचानवादीले एमालेको अभियानलाई अवरोध गर्ने उद्देश्यसहित आन्दोलनको घोषणा गरेका कारण यहाँ सुरक्षा व्यवस्था कडा पारिएको छ । ओखलढुंगा प्रवेशद्वार सुनकोशीको पुलबाटै सुरक्षाकर्मीको बाक्लो उपस्थिति छ । अभियानको रुट र सभास्थलमा नेपाल प्रहरी, सशस्त्र प्रहरीको टोली परिचालित छन् । गोपाल किरातीलगायत पहिचानवादी नेताले एमालेको यात्रालाई अवरोध गर्ने भन्दै भड्किलो अभिव्यक्ति दिएका थिए । तर, प्रदेशका सुरक्षा निकायका प्रमुखले सुरक्षा प्रत्याभूतिमा कुनै कमी नहुने बताएको छ । जनपथ र सशस्त्र प्रहरी बलका प्रदेश प्रमुखहरू कार्यक्रमस्थलको अनुगमनमा खटिएका छन् । उदयपुरमा खटिएका एपीएफ कोशीका प्रमुख डीआईजी अञ्जनीकुमार पोखरेलले अवाञ्छित गतिविधि गर्ने जोकोहीलाई कारबाही गरिने बताए । पहिचानको नाममा कार्यक्रमलाई अवरोध गर्ने प्रयास भए हामी छाड्दैनौं । त्यस्ता तत्वको कुनै शक्ति पनि छैन । हामीले एक,एकमाथि निगरानी गरिरहेका छौं’, उनले भने । रामेछाप मन्थलीबाट हिँडेको टोली सिन्धुलीको खुर्कोटमा भेटघाट कार्यक्रम राखिएको छ भने घुर्मीमा सभा हुँदैछ । हर्कपुरमा पनि मञ्च व्यवस्थापन भइसकेको छ । आज घुर्मीको सभा सकेर टोली खोटाङ सदरमुकाम दिक्तेल बास बस्नेछ ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...