कांग्रेस महासमिति बैठक तेस्रो पटक सार्ने तयारी



हाम्रो इकोनोमि

 

 

नेपाली कांग्रेसले पुस १६ देखि १९ ललितपुरको गोदावरीमा तय गरेको महासमिति बैठक फेरि सार्ने तयारी गरेका छ । सभापति शेरबहादुर देउवाले पुसका चिसोमा बैठक नगरौं भनेपछि फागुनमा सार्ने गृहकार्य भएको हो । गतसाता बसेको धुम्बाराहीमा बसेको पदाधिकारी बैठकमा चिसोमा महासमिति सदस्यहरूलाई काठमाडौं आउन गाह्रो हुने भन्दै देउवाले बैठक सार्न प्रस्ताव गरेका थिए । बैठकमा सहभागी अधिकांश नेताहरूले त्यही बेलामा सहमति जनाएपनि महामन्त्री गगन थापाले सार्न नहुने अडान राखेका थिए । यसअघि कांग्रेसले दुई पटक बैठक सारिसकेको छ । अहिले बैठकको लागि गोदावरीमा हल बुक गरिसकेको अवस्थामा पार्टीभित्र बैठक सार्नेबारे छलफल भइरहेको प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्माले बताए । उनले भने, पार्टी सभापतिसहित पार्टीका साथीहरूबाट पुसको चिसोमा बैठक नगरौं भन्ने सुझाव आएका छन्। तर, त्यसबारेमा अहिलेसम्म कुनै निर्णय भएको छैन । उनले अब बस्ने बैठकले महासमिति बैठकबारे निर्णय गर्ने बताए । उनले भने, ‘माघ ११ गते राष्ट्रियसभाको निर्वाचन पनि छ । त्यसपछि गर्ने कि भन्ने कुरा आएको छ । तर, अहिलेसम्म अर्को मिति तय भएको अवस्था भने होइन । तर, पछिल्लो समय देउवाले महासमिति बैठक मात्रै नभएर केन्द्रीय समितिको बैठक पनि राख्न छाडेका छन् । प्रत्येक दुई,दुई महिनामा बस्ने भनिएपछि अहिले बस्न सकेको छैन । देउवाले फेरि पार्टी पुरानै ढंगबाट अघि बढाउन खोजेपछि इतर पक्षको नेतृत्व गरिरहेका डा. शेखर कोइरालाले आफू निकट नेताहरूको बैठक भोलिका लागि राखेका छन् । तर, कोशी विद्रोहपछि टाढिएका महामन्त्री गगन थापा त्यस बैठकबारे बेखबर छन् । असोज पहिलो साता बसेको केन्द्रीय समिति बैठकले महासमिति बैठकको मिति तय गर्नुका साथै सभापति देउवाको नेतृत्वमा मूल आयोजक समिति गठन भएको थियो । सभापति देउवाले अहिलेसम्म आयोजक कमिटीको एउटा बैठक पनि राखेको छैनन् । देउवाकै उदासीनताको कारणले महाधिवेशनपछि शक्तिशाली अंग मानिएको महासमितिको बैठक अन्योल परेको छ । तर, उपसभापति पूर्णबहादुर खड्काको नेतृत्वमा नीति निर्माण, महामन्त्री थापाको नेतृत्वमा सांगठानिक र महामन्त्री शर्माको नेतृत्वमा समसामयिक राजनीतिक प्रस्तावको काम अन्तिम चरणमा पुर्‍याइसकिएको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...