एकदिन पनि टिकेन शेयर बजारको उछाल- १५ अंकले गिरावट



 

 

शेयरबजार खुलेसँगै ओरालो झरेको बजार लामो उतार चढावपछि १५ अंकले घटेर बन्द भएको छ । साताको दोस्रो दिन सोमबार नेप्से परिसूचक १५.४० अंकले घटेर १९४८.५७ बिन्दुमा कायम भयो ।

यसदिन बजारमा ‘सेलिङ प्रेसर’ उच्च रहँदा १ करोड ४६ लाख ९८ हजार ५१७ कित्ता सेयरको खरिदबिक्री हुुँदा ४ अर्ब ८४ करोड २७ लाख ७४ हजार ३८६ रूपैयाँको कारोबार भएको छ । हिजोमात्रै नेप्से परिसूचक १११.२० अंकले बढेर १९६३ बिन्दुमा कायम भएको थियो । भने, १३ लाख ६७ हजार ६१५ कित्ता शेयरको खरिद बिक्री हुँदा ४८ करोड २४ लाख ८२ हजार रुपैयाँको कारोबार भएको थियो । तेस्रो पटकसम्म सकारात्मक सर्किट लागेपछि दिनभरलाई कारोबार नै बन्द गरिएको थियो ।

अघिल्लो दिनमात्रै ६ प्रतिशतले बढेको सेयरको रौनक एकदिनमै हराएको छ । जहाँ नाफा बुक गर्ने लगानीकर्ताहरूले बजारलाई उछाल्ने र पछार्न मात्रै गरेको लगानीकर्ताहरुको भनाइ छ । आज बजार दोहोरो अंकले घटेपनि कारोबार भने हवात्तै बढेको छ । जहाँ एकैदिन बोटल्स नेपाल (बालाजु) लिमिटेड, सामुदायीक लघुवित्त वित्तीय संस्था लिमिटेड र डोल्टी पावर कम्पनी लिमिटेडको सेयरमा साकारात्मक सकिर्ट लगेको छ । त्यस्तै, कारोबारका आधारमा आज सोनपुर मिनरल्स एण्ड आयल २५ करोड १५ लाख ६० हजार रुपैयाँको कारोबारका साथ शिर्ष स्थानमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस
विपिन भाई शकुशल हुनुहुन्छ, फर्केर आउनुहुन्छ : परराष्ट्र मन्त्री राणा

     परराष्ट्र मन्त्री आरजु राणा देउवाले इजरायलमा हमासको नियन्त्रणमा रहेका नेपाली विद्यार्थी

दल फुटाउने काममा लागेको छैन : प्रधानमन्त्री

    प्रधानमन्त्री केपी शर्मा ओलीले दल विभाजनसम्बन्धी अध्यादेश ल्याउन लाग्यो भनेर झूठो

नबिल बैंकलाई ISO 27001:2022 प्रमाणपत्र प्रदान

    नबिल बैंक लिमिटेडले सूचना सुरक्षा व्यवस्थापनका लागि अन्तर्राष्ट्रिय मान्यता प्राप्त ISO

वाणिज्य बैंकको नयाँ ब्याजदर सार्वजनिक

    वाणिज्य बैंकहरुले माघ महिनाका लागि  नयाँ ब्याजदर सार्वजनिक गरेका छन् ।