एमालेको संकल्प यात्रा- दोलालघाटमा ओलीले तारे माछा



हाम्रो इकोनोमि

 

 

झुलाघाट-चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्राको १२औं दिन आज बिहान एमालेको टोलीले काभ्रेको दोलालघाट पुगेको छ । त्यहाँ स्थानीयसँगको अन्तरक्रियापश्चात अध्यक्ष केपी शर्मा ओलीले माछा तारेका छन् । सिन्धुपाल्चोकसँग सिमानामा रहेको दोलालघाट बजार माछाका लागि चिनिएको ठाउँ हो । यहाँ स्थानीय र कार्यकर्ताले एमाले शीर्ष नेतालाई माछाको सगुनबाट स्वागत गरे । केहीबेर स्थानीयका समस्या र सुझाव सुनेर छोटो सम्बोधन गरेपछि ओलीले माछा तारेका थिए । दोलालघाटको पर्यटनलाई अझ उजागर गरिदिएको भन्दै स्थानीयले आभार व्यक्त गरे । ‘इन्द्रावती र भोटेकोशी नदीको सङ्गमस्थल दोलालघाट माछाको लागि प्रख्यात छ । यहाँको व्यापार व्यवसायबारे थोरै कुराकानी भयो । माछा खान आउनेहरू यहाँ धेरै भेटिन्छन् । यात्राको क्रममा हामी दोलालघाट ओर्लियौं, मैले माछा तारेर साथीहरूलाई खुवाएँ’, ओलीले फेसबुकमा समेत दोलालघाटबारे लेखेका छन् ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...