त्रिभुवन विमानस्थलबाट १४ केजी सुनसहित १ जना पक्राउ



हाम्रो इकोनोमि

 

 

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १४ किलो सुनसहित १ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गोरखाका चन्द्र बहादुर घले रहेका छन् । उनी बिहीबार राति फ्लाइ दुबईको फ्लाइटबाट आएका हुन् ।घलेलाई भन्सारकाे टाेलीले पक्राउ गरेकाे हाे ।  उनकाे साथबाट २ केजीका दरले ७ वटा विस्कुट बरामद भएको थियो ।

चन्द्र डेढ हप्ता अघि मात्र दुबई गएका थिए । एक वर्षमा ३ पटक दुबई गएको प्रहरी स्रोतले बताएको छ । कार्यालयका भन्सार अधिकृत रमेश कुँवरले घलेले छातीको दायाँबायाँ कपडामा बेरेर लुकाइछिपाई ल्याएको सात थान बिस्कुट आकारको १४ किलोग्राम सुनसहित पक्राउ गरिएको जानकारी दिए । विशेष सूचनाको आधारमा चन्द्रलाई सुनसहित पक्राउ गरेपछि थप अनुसन्धानका क्रममा उनले मिन बहादुर घलेका लागि सुन ल्याइदिएको बताएपछि मिन बहादुरलाई प्रहरीले धुम्बराहीबाट पक्राउ गरेकाे हो ।

प्रतिक्रिया दिनुहोस
ग्यास बिक्रीको दैनिक विवरण आयल निगमलाई बुझाउनुपर्ने

    नेपाल आयल निगम र ग्यास उद्योगीबीच छलफल भएको छ । बजारमा...

अमेरिकाको वार्ता प्रस्ताव इरानले गर्‍यो अस्वीकार

    इरानले अमेरिका विरुद्धको बढ्दो सैन्य तनावबीच शक्तिशाली मिसाइल प्रयोग गर्न सक्ने...

काठमाडौंको वायु निकै अस्वस्थ, प्रदूषणले पार गर्‍यो सिमा

    काठमाडौंमा वायुको गुणस्तर निकै खराब स्थितिमा पुगेको छ । आज बिहान...

नवनिर्वाचित राष्ट्रिय सभा सांसदहरूको शपथ

    माघ ११ गते सम्पन्न राष्ट्रिय सभा निर्वाचनबाट निर्वाचित भएका सांसदहरूले शपथ...