सामान्य सुधारले अर्थतन्त्रका समस्या समाधान हुने देखिएन : प्रधानमन्त्री



हाम्रो इकोनोमि

 

 

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अर्थतन्त्रका समस्या समाधान सामान्य सुधारका उपायबाट हुने नदेखिएको बताएका छन् । अर्थतन्त्र सुधारका लागि मौलिक ढंगले सोच्नुपर्ने उनको भनाइ छ । बुधवार ललितपुरमा नेपालको अर्थतन्त्र र शासकीय सुधार विषयक अन्तरक्रिया कार्यक्रममा उनले भने, ‘अर्थतन्त्रका समस्या समाधान सामान्य सुधारका उपायद्वारा हुने देखिएन । विगतका तमाम कामहरुको योगदानको कुल योगफलले के देखाउँछ भने हामीले कहीँ न कहीँ रेडिकल्ली सोच्नुपर्ने हुन्छ ।

आगामी दिनमा गुणात्मक सुधारका उपाय खोजी गर्न जरुरी रहेको उनको भनाइ छ । ‘त्यसका लागि आफू परिवर्तनको दिशातिर जानुपर्ने हुन्छ । आउने वर्षहरुमा ती कुराहरुमा हामीले गुणात्मक सुधारका उपायहरुको खोजी गर्न जरुरी छ,’ प्रधानमन्त्री प्रचण्डले भने । यही मंसिर पहिलो हप्ता प्रधानमन्त्री प्रचण्डले निजी क्षेत्रका प्रतिनिधिहरुसँग बैठक गरेर अर्थतन्त्रका समस्या समाधानको लागि पहल गर्ने बताएका थिए । प्रधानमन्त्री प्रचण्डले सार्वजनिक कार्यक्रमहरुमा आफू अर्थतन्त्र संकटपूर्ण अवस्थामा रहेको बेला प्रधानमन्त्री भएको तर अहिले अर्थतन्त्र सुधारोन्मुख हुँदै गएको बताउने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस
सरकारको विरोध गर्दा गोली हान्ने धम्की आयो : ऐन महर

    प्रतिपक्षी दल नेकपा एमालेका प्रमुख सचेतक ऐन महरले गुण र दोषको...

सर्वोच्चद्वारा सरकारको एकद्वार विज्ञापन नीति खारेज

    सरकारी विज्ञापन प्रकाशनका लागि सरकारले लागू गरेको एकद्वारा प्रणालीको निर्णय सर्वोच्च...

शाही निरंकुशतासँग नझुकेको प्रेस दुई-चारवटा गाडी तेर्स्याएर तर्सिन्छ : रास्वपा सचेतक

    सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टीका सचेतक प्रकाशचन्द्र परियारले सत्यसँग डराउनेहरूले प्रेसमाथि आक्रमण...

श्री ८ वालेन्द्र शाहलाई प्रश्न गर्न पाइँदैन : निश्कल राई

    नेपाली कांग्रेस संसदीय दलका सचेतक निश्कल राईले प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)...