नेपाललाई असफल देश बनाउन खोजिएको छ : ओली



 

 

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिलेको व्यवस्थामाथि औंला ठड्याउनेविरुद्ध सबै मिलेर लड्नुपर्ने बताएका छन् । झुलाघाट-चिवाभञ्ज्याङ पदयात्राको क्रममा रुकुमपूर्व आइपुगेका उनले सर्वपक्षीय अन्तरक्रिया कार्यक्रममा बुधबार रुकुमपूर्वको भेलामा ओलीले अहिले देशको नाजुक अवस्था अत्यन्तै कमजोर बनाउन खोजिएकोबारे एमालेले निरन्तर खबरदारी गरिरहेको बताए । सरकारका कारण धेरै समस्या आएका छन् । देश असफल बनाउने अवस्थामा लान खोजिएको छ, देशभित्रका केही तत्व र देश बाहिर रहेका नेपालको अहित चाहनेहरुविरुद्ध सबै सचेत बनौं,’उनले भने, ‘यो प्रणालीलाई ठूलो लगानी गरेर ल्याएका हौं, यसविरुद्ध हुने गतिविधि सबै मिलेर लड्नुपर्दछ, देशको स्वाधीनतामा गर्व गरौं । अब सबै मिलेर अप्ठ्यारो पहिचान गरौं । देशलाई असफल बनाउन खोज्ने देशभित्रका केही तत्व र देश बाहिर नेपालको अहित चाहने तत्वविरुद्ध सामूहिकरूपमा लड्नुपर्ने उनको भनाइ छ । ओलीले भने,‘अवस्थाले धेरै अवगतबारे छौं, राजनीति निराशायुक्त छ, अस्थिर र अराजक भइरहेको छ, जनविश्वास घटेको छ, अर्थतन्त्र अत्यन्तै अफ्ठेरो अवस्थामा र अझ बिग्रिरहेको छ, धेरै बेथिति रोक्नु छ, यस्तो अवस्थामा हामीले यो अभियान लिएर हिंडेका छौं । अध्यक्ष ओलीले सरकारले निरन्तर गलत काम गर्दै गइरहेकाले सबै नेपाली सचेत हुनुपर्ने बताए ।

‘सबैतिर सरकारले गल्ती गर्दै गएको छ, अपराधी रोक्नुपर्ने अवस्था छ, अपराधीलाई कारबाही गर्न सकिरहेको छैन, बल्लतल्ल छोपिएको अपराधीहरु अनेक बहानामा छोडिएका छन्, न्यायालय र कर्मचारीलाई सरकारले हस्तक्षेप गरिरहेको छ, कर्मचारीमाथि हस्तक्षेप छ, राज्यको तर्फबाट यस्तो लज्जास्पद काम भइरहेका छन्’, उनको आरोप छ । रुकुमबाट धेरै स्थानीय अवैधानिकरूपमा लाखौं खर्च गरेर अमेरिका गइरहेको विषयप्रति संकेत गर्दै ओलीले भने, ‘अमेरिका मरिहत्ते गरेर सबै सम्पत्ति बेचेर किन जाने ? यही काम गरेर अर्थतन्त्र बलियो बनाऔं, सहकारीको माध्यमबाट समृद्ध काम गर्न सकिन्छ, अहिले गाउँबाट छुर्पी बनाएर अमेरिका पठाइरहेका छौं, अब आधुनिक प्रविधिको प्रयोग गरेर उत्पादन बढाऔं ।

प्रतिक्रिया दिनुहोस
जिल्ला सहकारीको निर्वाचनमा महेश–दुर्लभ एक ठाउँमा ?

    जिल्ला सहकारी संघ भक्तपुरको निर्वाचनको तिथि जति –जति नजिक आउँदै छ

सदनमा विधेयक पेस गर्न प्रतिपक्षले बहुमत पुर्‍याइदिने होइन : महेश बर्तौँला

    नेकपा एमालेका सचेतक महेश बर्तौँलाले प्रतिपक्षले नभइ सत्तापक्षकै सांसदहरूको कारणले संसद

हिन्दू राष्ट्रको पक्षमा महासमितिमा बहुमत देखियो : शंकर भण्डारी

    नेपाली कांग्रेसका नेता शंकर भण्डारीले हिन्दू राष्ट्रको पक्षमा महासमितिको बैठकमा बहुमत

ग्लोबल आइएमई बैंकको नयाँ काउन्टर चाबहिलमा

      ग्लोबल आइएमई बैंक लिमिटेडले काठमाडौँ महानगरपालिका वडा नं. ७, चाबहिल,