एमालेमै फर्किए दैलेख नेकपा एसका यी चर्चित नेता



हाम्रो इकोनोमि

 

 

नेकपा एकिकृत समाजवादी दैलेखका ५ जना नेता आफ्नो सिंगो टीमसहित नेकपा एमालेमै फर्किएका छन । एमालेले सञ्चालन गरेको ‘झुलाघाट चिवाभञ्ज्याङ, समृद्धिका लागि संकल्प यात्रा’ अभियानका क्रममा दैलेख जिल्ला आइपुग्नु भएका एमाले अध्यक्ष केपी शर्मा ओली सहभागी कार्यक्रममा नेकपा एसका नेता दैलेख जिल्ला कमिटी सदस्य सदस्य राजबहादुर ठेसामगर, गंगाराम थापा, अर्जुन चन्द नौमुले गाउँपालिका कमिटी सदस्य लक्षिराम दर्लामी, नौमुले ४ को वडा कमिटिका सदस्य दलबहादुर सलामी, हर्क गिरी र नेपाली कांग्रेसका रनबहादुर नेपाली एमाले प्रवेश गर्नु भएको हो ।

समृद्ध नेपालः सुखि नेपालीको लक्ष्य पुरा गर्ने र देशको राष्ट्रियताको पक्षमा लाग्ने नेपालका राजनीतिक दलहरुमध्ये एमाले बाहेक नभएकाले आफू एमाले प्रवेश गरेको राजबहादुर ठेसामगरले जानकारी दिनुभयो । विकास र समृद्धीको नेतृत्व गर्ने पार्टी एमाले र समकालिन नेता केपी शर्मा ओली बाहेक अरु कुनै रहेनछन,’ नेकपा एसका जिल्ला कमिटीबाट एमाले प्रवेश गर्नुभएका गंगाराम थापाले भन्नुभयो, ‘एमाले र केपी ओलीलाई कमजोर बनाउन हामीलाई अनेक भ्रम फैलाएपनि अब कसैले सक्दैनन् ।’ पार्टी प्रवेश गर्नेलाई एमाले पार्टी अध्यक्ष ओलीसहितका नेताहरुले माला लगाएर स्वागत गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...