एमालेमै फर्किए दैलेख नेकपा एसका यी चर्चित नेता



हाम्रो इकोनोमि

 

 

नेकपा एकिकृत समाजवादी दैलेखका ५ जना नेता आफ्नो सिंगो टीमसहित नेकपा एमालेमै फर्किएका छन । एमालेले सञ्चालन गरेको ‘झुलाघाट चिवाभञ्ज्याङ, समृद्धिका लागि संकल्प यात्रा’ अभियानका क्रममा दैलेख जिल्ला आइपुग्नु भएका एमाले अध्यक्ष केपी शर्मा ओली सहभागी कार्यक्रममा नेकपा एसका नेता दैलेख जिल्ला कमिटी सदस्य सदस्य राजबहादुर ठेसामगर, गंगाराम थापा, अर्जुन चन्द नौमुले गाउँपालिका कमिटी सदस्य लक्षिराम दर्लामी, नौमुले ४ को वडा कमिटिका सदस्य दलबहादुर सलामी, हर्क गिरी र नेपाली कांग्रेसका रनबहादुर नेपाली एमाले प्रवेश गर्नु भएको हो ।

समृद्ध नेपालः सुखि नेपालीको लक्ष्य पुरा गर्ने र देशको राष्ट्रियताको पक्षमा लाग्ने नेपालका राजनीतिक दलहरुमध्ये एमाले बाहेक नभएकाले आफू एमाले प्रवेश गरेको राजबहादुर ठेसामगरले जानकारी दिनुभयो । विकास र समृद्धीको नेतृत्व गर्ने पार्टी एमाले र समकालिन नेता केपी शर्मा ओली बाहेक अरु कुनै रहेनछन,’ नेकपा एसका जिल्ला कमिटीबाट एमाले प्रवेश गर्नुभएका गंगाराम थापाले भन्नुभयो, ‘एमाले र केपी ओलीलाई कमजोर बनाउन हामीलाई अनेक भ्रम फैलाएपनि अब कसैले सक्दैनन् ।’ पार्टी प्रवेश गर्नेलाई एमाले पार्टी अध्यक्ष ओलीसहितका नेताहरुले माला लगाएर स्वागत गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस
सरकारले ठूलो मूल्य चुकाउनुपर्छ : प्रचण्ड

    नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बिनाकारण विशिष्ट...

दोहोरो अंक घट्यो सेयर बजार

    साताको पहिलो कारोबार दिन सोमबार सेयर बजार दोहोरो अंक घटेको छ...

नारायणीको पुलमुनि अड्किएको क्रुज सिप हटाउने तयारी

    नारायणी नदीको पुल मुनि अड्किएको राइनो क्रुज सिप हटाउने तयारी आज...

ललितपुरको धापाखेलमा साढे दुई तले घर ढल्यो

    ललितपुर महानगरपालिका धापाखेल-२४ मा साढे दुई तले घर ढलेको छ ।...