जनताको समर्थनले एमालेप्रतिको भरोसा प्रतिविम्बित गरेको छ : उपमहासचिव गुरूङ



हाम्रो इकोनोमि

 

 

नेकपा (एमाले) का उपमहासचिव पृथ्वीसुब्बा गुरूङले मध्यपहाडी लोकमार्ग पदयात्राका क्रममा अपार जनसहभागिता र जनताको व्यापक समर्थनले एमालेप्रतिको भरोसा प्रतिविम्बित गरेको बताएका छन् । सुदूरपश्चिम र कर्णालीमा एमालेको अभियान अद्भूत रुपमा सफल भएको गुरूङले बताएका छन् । जनता साँच्चीकै एमालेले हिजोका दिनमा गरेका विकास निर्माणबाट प्रभावित भएको मात्रै नभई भविष्यका लागि पनि आशावादी र विश्सनीय भएको पाइएको उनले उल्लेख गरेका छन् । दुईवटा प्रदेशमा एमालेप्रति देखिएको जनलहरले देशमा व्याप्त निराशालाई चिर्दै अघि बढ्ने थप प्रेरणा एमाले पार्टी र नेता, कार्यकर्ताहरूलाई मिलेको उपमहासचिव गुरूङले बताएका छन् ।

एमालेको मध्यपहाडी लोकमार्ग केन्द्रित अभियानले गाउँगाउँमा फेरि एउटा राजनीतिक लहर सिर्जना गरेको प्रमाणहरूमा ठाउँठाउँमा जनताले स्वस्फूर्त बनाएका स्वागतद्वार, प्रदर्शन गरेका झाँकी र कार्यक्रमको सहभागिता भएको उनको भनाइ छ । एमाले अभियानले पार्टीमा मात्रै पुनर्ताजगी पैदा नगरी समग्र जनतामा ओइलाएको राजनीतिप्रति दृष्टिमा सकारात्मक ऊर्जा दिएको गुरूङको धारणा छ । विकट र पिछडिएको भनिएको सुदूरपश्चिम साँच्चीकै प्राकृतिक रुपमा सुन्दर सुदूरपश्चिम देखिएको/भेटिएको उनले बताएका छन् । विस्तारै वामे सरेको यी क्षेत्रका विकास निर्माणलाई एमाले सरकारमा पुगेका बखत अवश्य रफ्तारमा अघि बढाउने प्रतिवद्वता पनि उनले व्यक्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस
बाढीले चरौँदीको झोलुङ्‍गे पुल बगायो

    त्रिशूली नदीमा आएको बाढीले चरौँदीमा रहेको झोलुङ्गे पुल बगाएको छ ।...

बाढीमा परेका मानिसलाई बर्ड फ्लु लागेका कुखुराजसरी गाडिनु दुर्भाग्यपूर्ण : महेश बस्नेत

    नेकपा एमालेका सचिव महेश बस्नेतले बाढीपहिरोमा ज्यान गुमाएका नेपाली नागरिकको शव...

रसुवाको बाढीमा हालसम्म ७३४ जनाको मृत्यु

    रसुवाको भोटेकोशीमा १० भदौमा आएको विनाशकारी बाढीमा बेपत्ता भएका मध्ये ७३४...

कृष्णभीरमा बाढीले सडक बगायो, काठमाडौं-मुग्लिन यातायात बन्द

    बाढीका कारण काठमाडौं-मुग्लिन सडक पूर्ण रुपमा अवरुद्ध भएको छ । भोटेकोशी...