दैलेखको विकासका लागि एमाले सँधै तत्पर छ : ओली



हाम्रो इकोनोमि

 

 

 

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले दैलेखको समग्र विकास र समृद्धीको लागि पार्टीले नेतृत्व लिने बताएका छन् ।दैलेखको सदरमुकाम खलंगामा आयोजना गरिएको सार्वजनिक भेटघाट कार्यक्रमलाई संवोधन गर्दै अध्यक्ष ओलीले धार्मिक, ऐतिहाँसिक, पुरातात्वीक र सांस्कृतीक महत्व बोकेको दैलेख विकासको नेतृत्व लिन आफू र आप्mनो पार्टीले नेतृत्व लिने प्रतिवद्धता व्यक्त गरेका हुन् ।

‘दैलेखमा भएको पेट्रोलियम अन्भेषणका नेतृत्व लिएको एमालेले अपुरो भएको मध्यपहाडी लोकमार्गलाई पूरा गर्ने, दुल्लुलाई स्माट सिटी बनाउने, ३८६ किलोमिटर छोटो बाटोमा तिब्बत जोड्ने कुरादेखि कृषिको आधुनिनीकरण कसरी गर्ने रु भन्ने कामको नेतृत्व एमालेले गर्छ,’ पुर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीले भने, ‘दैलेख जिल्लाको समग्र विकासका संभावनाका बारेमा हामीले जिल्लाका राजनीतिक दलहरुसँग छलफल गरेका छौं । यहाँको विकास र समृद्धीको सपना साकार पार्न हामीले कार्यान्वयनको नेतृत्व लिन्छौं । बालबालिका, शिक्षा, स्वास्थ्यका सन्दर्भमा एमालेले थुप्रै काम गरेको छ ।’

आगामी दिनमा युवाहरु विदेश जाने यहाँको जनजीवन पछि पर्ने पहाडी क्षेत्रको अवस्थामा कसरी सुधार गर्न सकिन्छ भनेर एमालेले संकल्प यात्रा शुरु गरेको जानकारी ओलीले दिए । आजको दुनियाँमा अघि बढिसक्यो तर नेपाल निकै गरिब भयो । यसलाई परिवर्तन गर्न, यहाँहरुको समाधान सुन्नका लागि, समृद्ध नेपाल सुखि नेपालीको दीर्घकालीन लक्ष्यलाई साकार पार्न यस अभियानमा स्थानीयको बीचार र राय लिइरहेका छौं । विभिन्न मागपत्रहरु लिइरहेका छौं ओलीले ओलीले थपे । परापूर्वकालमा सिंजा सभ्यताको ग्रीष्मकालिन राजधानी थियो भन्ने कुरा शिलालेखहरु र स्वास्थानी वर्तकथामा पनि उल्लेख भएको जानकारी दिएका ओलीले पुरानो राज्य बनाउने र बचाउने काममा दैलेखका जनताको गौरवपूर्ण इतिहास भएको बताए ।

कार्यक्रममा पार्टीका वरिष्ठ उपाध्यक्ष इश्वर पोखरेल, युवराज ज्ञावली, विष्णु पौडेल, सुरेन्द्र पाण्डे, रामबहादुर थापा, महासचिव शंकर पोखरेल, उपमहासचिव प्रदिप ज्ञावली, विष्णु रिमाल, सचिव गोकर्ण विष्ट, पद्मा अर्याल, योगेश भट्टराई लगायतका नेताहरु सहभागी छन् ।

प्रतिक्रिया दिनुहोस
गोलभेँडा फालेर माइतीघर मण्डलामा किसानको प्रदर्शन

  तरकारी किसानहरूले बुधबार काठमाडौंको माइतीघर मण्डलामा गोलभेँडा सडकमा फालेर सरकारविरुद्ध विरोध प्रदर्शन...

सिंहदरबार अगाडि मोटरसाइकल पार्किङ गरेर अखिलको प्रदर्शन, ६ विद्यार्थी नेता पक्राउ

    सिंहदरबार अगाडि मोटरसाइकल पार्किङ गरेर प्रदर्शनमा उत्रिएका नेकपा एमाले निकट विद्यार्थी...

इरानका पुल र विद्युत केन्द्र ध्वस्त पार्ने ट्रम्पको धम्की

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान वार्तामा नफर्किए अर्को हप्तादेखि त्यहाँका पुल...

सरकारको विरोध गर्दा गोली हान्ने धम्की आयो : ऐन महर

    प्रतिपक्षी दल नेकपा एमालेका प्रमुख सचेतक ऐन महरले गुण र दोषको...