चाँगुनारायणमा ‘एक समुदाय, एक प्रथम उद्धारकर्ता टोली’



हाम्रो इकोनोमि

 

 

चाँगुनारयण नगरपालिकालाई विपद् उत्थानशील नगरपालिका बनाउन लागिएको छ । यसका लागि नगरपालिकाले प्रत्येक वडालाई विपद् व्यवस्थापनयुक्त बनाउन आवश्यक कार्यक्रम कार्यान्वयनमा ल्याइएको छ । नगरपालिकालाई विपद् उत्थानशील नगरपालिका घोषणा गर्न ‘एक समुदाय, एक प्रथम उद्धारकर्ता टोली’ तयार गर्न चालु आर्थिक वर्षमा नगरपालिकाले वडास्तरमा द्रुत प्रतिकार्य टोली गठन गरी प्रशिक्षण दिएर दक्ष जनशक्ति तयार पारेको नगर प्रमुख जीवन खत्रीले जानकारी दिए । थप तयारीका लागि चाँगुनारायण नगरपालिकाले शनिबार प्रत्येक वडामा आधारभूत खोज तथा उद्धारका सामग्री हस्तान्तरण गरेको छ । नगर प्रमुख खत्रीले भने, ‘हाम्रो नगरपालिकामा कुनै पनि विपद्बाट हुनसक्ने जनधनको क्षतिलाई अति न्यूनीकरण गर्दै नगरवासीलाई सुरक्षित बनाउनका लागि उच्च प्राथमिकतामा राखेर विपद् व्यवस्थापनका कार्यक्रम एवं गतिविधिलाई अगाडि बढाएका छौँ, नगरपालिकाले विपद् प्रतिकार्यका लागि एक समुदाय एक प्रथम उद्धारकर्ता टोली, एक वडा एक द्रुत प्रतिकार्य टोली गठन गरी आवश्यक तालिम प्राप्त दक्ष जनशक्ति तयार पार्ने कार्य गरेका छौँ, खोज तथा उद्धारका लागि प्रत्येक वडामा उद्धार सामग्री हस्तान्तरण गरेका छौँ । नगर क्षेत्रभित्र हुनसक्ने सम्भावित विपद्लाई मध्यनजर गर्दै स्थानीयस्तरमै तत्काल परिचालन भएर खोज तथा उद्धार गर्न सक्नेगरी तयार पारिएका स्वयंसेवकलाई परिचालन गर्न र प्रतिकार्यका प्रारम्भिक काममा सहजता ल्याउनलाई थप सहयोग पुगोस् भनेर नगरपालिकाले खोज तथा उद्धारका सामग्री दिएको नगर प्रमुख खत्रीले जानकारी दिए ।

उनले प्रत्येक वडामा आधारभूत खोज तथा उद्धारका लागि टिनको बाकस, सावेल, पिक, हम्मर, हँसिया, कोदालो, छिना, क्रोबार, गल, बाल्टिन, हेल्मेट, कैँची, करौती, प्राथमिक उपचार बाकस, स्ट्रेचर, काम्रो, सिठ्ठी, डोरी, हेड ल्याम्प, मेगाफोन, बुट, पञ्जा, मास्क, निप्याड, चश्मा, हाल्फ भेष्टलगायतका खोज तथा उद्धारका सामग्री हस्तान्तरण गरिएको बताए । नगरपालिकालाई खोज तथा उद्धारका लागि आवश्यक सामग्री प्रदान गर्न नेक्सस परियोजनाले सहकार्य गरेको चाँगुनारायण नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत चुरामणि पन्थीले जानकारी दिए । नगरपालिकाले विपद्का क्षेत्रको समेत पहिचान गरेर आवश्यक तयारी गरेको उनले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस
बाढीले चरौँदीको झोलुङ्‍गे पुल बगायो

    त्रिशूली नदीमा आएको बाढीले चरौँदीमा रहेको झोलुङ्गे पुल बगाएको छ ।...

बाढीमा परेका मानिसलाई बर्ड फ्लु लागेका कुखुराजसरी गाडिनु दुर्भाग्यपूर्ण : महेश बस्नेत

    नेकपा एमालेका सचिव महेश बस्नेतले बाढीपहिरोमा ज्यान गुमाएका नेपाली नागरिकको शव...

रसुवाको बाढीमा हालसम्म ७३४ जनाको मृत्यु

    रसुवाको भोटेकोशीमा १० भदौमा आएको विनाशकारी बाढीमा बेपत्ता भएका मध्ये ७३४...

कृष्णभीरमा बाढीले सडक बगायो, काठमाडौं-मुग्लिन यातायात बन्द

    बाढीका कारण काठमाडौं-मुग्लिन सडक पूर्ण रुपमा अवरुद्ध भएको छ । भोटेकोशी...