राष्ट्रिय झण्डा हस्तान्तरण गर्दै कर्णाली छिर्यो एमाले अभियान



हाम्रो इकोनोमि

 

 

नेकपा एमालेको ‘झुलाघाट चिवाभञ्ज्याङ, समृद्धिका लागि संकल्प यात्रा’ कर्णाली प्रवेश गरेको छ । बैतडीको झुलाघाटबाट मंसिर १४ गते शुरु भएको अभियान सुदूरपश्चिमको अछाम जिल्ला र कर्णालीको दैलेख जिल्ला प्रवेश गर्ने पुल तरेर टोली कर्णाली प्रवेश गरेको हो । मध्यपहाडी राजमार्ग अन्तरगत अछाम र दैलेख जोड्ने साइखोला पुलमा नेकपा एमाले सुदूरपश्चिम प्रदेशले बिदाई र कर्णालीले स्वागत गरेपछि पार्टी अध्यक्ष केपी शर्मा ओली नेतृत्वको टोली कर्णाली प्रवेश गरेको हो ।

अछाम र दैलेख जोड्ने पुलमा एमाले सुदूरपश्चिम प्रदेशका इन्चार्ज छविलाल विश्वकर्माले कर्णाली प्रदेश इन्चार्ज लेखराज भट्टलाई राष्ट्रिय झण्डा हस्तान्तरण गरी अभियानलाई सुदुरपश्चिमबाट बिदाई गरेपछि टोली कर्णाली प्रदेश प्रवेश गरेको हो ।कर्णाली पुलमा आयोजित संक्षिप्त कार्यक्रममा एमाले सुदुरपश्चिम प्रदेश अध्यक्ष कृष्णप्रसाद जैशीले कर्णाली प्रदेश अध्यक्ष गुलावजंग शाहलाई पार्टीको झण्डा हस्तान्तरण गरेपछि एमाले अभियान औपचारिक रुपमा कर्णाली प्रदेश प्रवेश गरेको हो ।

पञ्चकलस र पञ्चकन्या सहित पार्टी प्रदेशका नेता कार्यकर्ताको टोलीले एमाले अध्यक्ष ओली नेतृत्वको अभियान टोलीलाई कर्णालीमा प्रदेश इन्चार्ज भट्ट, स्थायी कमिटि सदस्य उामलाल कँडेल, गोरख बोगटी, प्रदेश अध्यक्ष गुलावजंग शाह नेतृत्वका एमाले कर्णालीका सयौ नेता तथा कार्यकर्ताको टोलीले स्वागत गर्नुभयो । अछामको वेलखेतबाट पैदल पुल क्रस गर्नु भएका एमाले अध्यक्ष ओलीले सुदूरपश्चिम र कर्णाली जोड्ने पुलको अवलोकन समेत गर्नु भएको छ । ओलीले आज राकम कर्णालीमा आयोजना हुने वृहत आमसभालाई संवोधन गर्नु हुनेछ ।

‘सम्बन्ध स्थानीय सन्देश राष्ट्रिय’ भन्ने उद्घोषका साथ बुधबार देखि शुरु हुने ‘झुलाघाट चिवाभञ्ज्याङ ,समृद्धिका लागि संकल्प यात्रा’ का लागि एमाले अध्यक्ष ओली, वरिष्ठ उपाध्यक्ष इश्वर पोखरेल, उपाध्यक्ष विष्णु पौडेल, सुरेन्द्र पाण्डे, युवराज ज्ञवाली, रामबहादुर थापा, महासचिव शंकर पोखरेल, उपमहासचिव पृथ्वी सुब्बा गुरुङ, विष्णु रिमाल, सचिव पद्मा अर्याल, योगेश भट्टराई र लेखराज भट्टराई, स्थायी कमिटी सदस्य, पोलिव्युरो सदस्य र केन्द्रीय सदस्य लगायतका नेतहरु अभियानमा सहभागि हुनु भएको छ । उपमहासचिव प्रदीप ज्ञवाली पनि चीन भ्रमण सकाएर अभियानमा सहभागी हुन आज कर्णालीको राकम आइपुग्नु भएको छ । एमालेको मधयपहाडी यात्रा झुलाघाटबाट चिवाभञ्ज्याङ पुगेर सकिने छ ।

प्रतिक्रिया दिनुहोस
माछापुच्छ्रे बैंकद्वारा एम बि एल आइटी कर्जा सेवा बिस्तार

    डिजिटल रूपान्तरणलाई प्रवद्र्धन गर्ने उद्देश्यका साथ माछापुच्छ्रे बैंकले एम बि एल...

प्लेकार्ड देखाएर श्रम संस्कृति पार्टीको संसदमा आज पनि विरोध

    प्रतिनिधिसभाको बैठकमा श्रम संस्कृति पार्टीले आज पनि विरोध जारी राखेको छ...

एनबैंक एपमार्फत नबिल बैंकको एसआइपी सेवा विस्तार

    नबिल बैंक लिमिटेडले आफ्नो बैंकिङ एप ‘एनबैंक’मा ‘लगानी’ सम्बन्धी सेवा विस्तार...

प्ले कार्ड र पर्चासहितको विरोधको शैली संसद्‍मा नदेखाउनू : सभामुख

    सभामुख डोलप्रसाद अर्याल (डिपी)ले प्ले कार्ड र पर्चासहितको विरोधको शैली संसद्‍मा...