संकल्प यात्राको टोलीलाई अछामको गौरीटाँडमा भव्य स्वागत



हाम्रो इकोनोमि

 

 

समृद्धिको लागि संकल्प यात्रामा रहेको नेकपा (एमाले)को टोलीलाई अछामको गौरीटाँडमा भव्य स्वगत गरिएको छ । एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वमा समृद्धिको लागि संकल्प यात्राको टोली सो स्थानमा पुग्दा ठुलो संख्यामा स्थानीयले स्वागत गरेका थिए । एमाले अध्यक्ष ओली लगायतका नेताहरूलाई स्वागत गर्न स्थानीय तथा पार्टीका नेता कार्यकर्ता लाम लागेर बसेका थिए ।

एमालेको टोलीलाई उनीहरूले माला लगाएर स्वागत गरेका छन् । सो क्रममा एमाले अध्यक्ष ओली लगायतका नेताहरूले स्थानीयसँग त्यहाँको वस्तुस्थितिका बारेमा छलफल गरेका छन् । एमालेले सुदूरपश्चिम बैतडीको झुलाघाटबाट मध्यपहाडी पुष्पलाल लोकमार्गलाई आधार बनाएर पाँचथरको चिवाभञ्ज्याङसम्म समृद्धिको लागि संकल्प यात्रा सुरु गरेको छ । यात्राका क्रममा मध्यपहाडको अवस्था र विकासको सम्भावना पहिचान गर्ने एमालेले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
सरकारले ठूलो मूल्य चुकाउनुपर्छ : प्रचण्ड

    नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बिनाकारण विशिष्ट...

दोहोरो अंक घट्यो सेयर बजार

    साताको पहिलो कारोबार दिन सोमबार सेयर बजार दोहोरो अंक घटेको छ...

नारायणीको पुलमुनि अड्किएको क्रुज सिप हटाउने तयारी

    नारायणी नदीको पुल मुनि अड्किएको राइनो क्रुज सिप हटाउने तयारी आज...

ललितपुरको धापाखेलमा साढे दुई तले घर ढल्यो

    ललितपुर महानगरपालिका धापाखेल-२४ मा साढे दुई तले घर ढलेको छ ।...