गणतन्त्रविरोधी हर्कतलाई हामीले सामूहिकरूपमा जवाफ दिन जरुरी : कावा प्रधानमन्त्री खड्का



हाम्रो इकोनोमि

 

 

कार्यवाहक प्रधानमन्त्री पूर्णबहादुर खड्काले वर्तमान संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणाली तुलनात्मक रुपमा अन्यप्रणाली भन्दा उन्नत रहेको बताएका छन् । यो शासन प्रणालीको विकल्प नरहेको भन्दै उनले जिम्मेवारीमा बसेकाहरूले कामबाट, निर्णय, कार्यशैली, जीवनशैलीबाट आएका र देखिएका कमजोरीलाई समयमा नै सच्याउनुपर्नेमा जोड दिए । गलत तरिकाले आम नागरिकलाई गलत सूचनामार्फत भ्रम पारेर संघीय लोकतान्त्रिक गणतन्त्रको उन्नत शासन प्रणालीलाई नकारात्मक रुपमा प्रस्तुत गर्ने कुरालाई सबैले सामूहिक रूपमा जवाफ दिन जरुरी रहेको खड्काको भनाइ छ । उनले भने, ‘जवाफ दिने क्रममा हाम्रा शासकीय सुधारहरू, सुशासन र आम नागरिकका अपेक्षाहरु, दैनिक आम उपभोक्तालाई दिनुपर्ने सेवा र सहजीकरण, निर्णय प्रक्रियामा छिटो छरितो, निर्णय प्रक्रियामा भएका झन्झटिला प्रक्रियाहरुलाई छिटो छरितो तरिकाले तीव्र गतिमा अघि बढाउने र कमी कमजोरी सुधार्दै अघि बढ्नुपर्छ । शुक्रबार काठमाडौंमा आयोजित नेपाल आर्थिक पत्रकार समाज सेजनको २७ औं वार्षिकोत्सवमा उनले अर्थतन्त्रमा देखिएका सबैखाले समस्या समाधानका लागि सरकार गम्भीर रहेको बताए । सरकारले चालेका कदमका कारण ब्याजदर घट्दो क्रममा रहेकाले लगानी बढ्ने अपेक्षा सरकारले रहेको उनको भनाइ छ । रक्षामन्त्रीसमेत रहेका खड्काले बढ्दो आयात र घढ्दो निर्यातका कारण देशको अर्थतन्त्र दबाबमा परिरहेको बताए ।

प्रतिक्रिया दिनुहोस
गोलभेँडा फालेर माइतीघर मण्डलामा किसानको प्रदर्शन

  तरकारी किसानहरूले बुधबार काठमाडौंको माइतीघर मण्डलामा गोलभेँडा सडकमा फालेर सरकारविरुद्ध विरोध प्रदर्शन...

सिंहदरबार अगाडि मोटरसाइकल पार्किङ गरेर अखिलको प्रदर्शन, ६ विद्यार्थी नेता पक्राउ

    सिंहदरबार अगाडि मोटरसाइकल पार्किङ गरेर प्रदर्शनमा उत्रिएका नेकपा एमाले निकट विद्यार्थी...

इरानका पुल र विद्युत केन्द्र ध्वस्त पार्ने ट्रम्पको धम्की

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान वार्तामा नफर्किए अर्को हप्तादेखि त्यहाँका पुल...

सरकारको विरोध गर्दा गोली हान्ने धम्की आयो : ऐन महर

    प्रतिपक्षी दल नेकपा एमालेका प्रमुख सचेतक ऐन महरले गुण र दोषको...