नेपाल एयरलायन्सको एयरबस ३२० ग्राउण्डेड



हाम्रो इकोनोमि

 

 

नेपाल वायु सेवा निगमका लागि नयाँ जहाज किन्न नागरिक उड्डयन मन्त्री सुदन किराती र निगम व्यवस्थापनले मरिहत्ते गरेका बेला निगमको एयरबस ३२० भने फेरि ग्राउण्डेड भएको छ । निगम स्रोतकाअनुसार इन्जिनमा खराबी देखिएपछि विहीबारदेखि एयरबस ३२० न्यारोबडी जहाज ग्राउण्डेड भएको हो । यसअघि अर्को न्यारोबडी जहाज लामो समय इन्जिन बनाउने क्रममा इजरायल पठाइँदा ग्राउण्डेड भएर निगमलाई आर्थिक क्षति भएको थियो । निगमले न्यारोबडी ग्राउण्डेड भएको औपचारिक जानकारी दिएको छैन । तर, निगमका एक उच्च अधिकारीका अनुसार बोरोस्कोप निरीक्षण गर्ने क्रममा इन्जिनमा धेरै ठाउँमा समस्या देखिएपछि ग्राउण्डेड भएको हो । मान्छेको शरीरीभित्र मेसिन लगाएर इण्डोस्कोपीमार्फत पेटको स्क्यान गरेजस्तै बोरोस्कोपले विमानभित्रको इन्जिनको स्क्यान गर्छ । अब इन्जिन मर्मत नगरेसम्म अर्को भाडामा लिने वा नयाँ किन्ने विकल्प निगमसँग छन् । निगमले अहिले इजरायली कम्पनीसँग भाडामा लिएर चलाएको छ । तर, भाडामा इन्जिन लिएर चलाउनु निगमको लागि घाटाको व्यवसाय हो । एउटा इन्जिन भाडाामा लिँदा दिनमा सरदर ६ हजार डलर वा त्यो भन्दामाथि तिर्नुपर्छ ।

उडान नभरे पनि दिनमा न्यूनतम २ हजार डलरका दरले भाडामा दिने कम्पनीलाई तिर्नुपर्छ । त्यसबाहेक प्रत्येक एक घण्टा उडानको २७८ डलर र प्रत्येक ल्याण्डिङको २३९ डलर निगमले भाडाबापत तिर्ने गरेको छ । यो भनेको निगमले पूर्ण उडान भरेको बेला दैनिक सरदर ६ हजार डलर हो । पूर्ण उडान दैनिक १३ घण्टासम्म र ल्याण्डिङ ४ पटक हुन्छ । यसरी मासिक २ करोडभन्दा बढी इन्जिनको भाडा पर्ने निगम स्रोतले जनाएको छ । नयाँ इन्जिन किन्नुपर्दा भने ४ मिलियन डलर पर्छ । निगमले एउटा स्पेयर इन्जिन राख्नुपर्ने सुझाव पहिलेदेखि नै दिइए पनि कार्यान्वयनमा आएको छैन । अहिले निगमसँग वाइडबडी २ वटा र न्यारोबडी २ वटा जहाज छन् ।

प्रतिक्रिया दिनुहोस
टर्किस एयरको इन्जिनमा आगो लाग्यो, काेलकातामा आकस्मिक ल्याण्ड

    काठमाडौंबाट टर्कीको इस्तानबुलका लागि उडान भरेको टर्किस एयरलाइन्सको जहाजमा प्राविधिक समस्या...

एमालेको घोषणापत्रमा स्वतन्त्रता, स्वाभिमान, राष्ट्रियता, विकास र सुशासन आउँछ : ईश्वर पोखरेल

    नेकपा (एमाले) का नेता तथा काठमाडौं क्षेत्र नं ५ का प्रतिनिधिसभा...

संसद् पुनर्स्थापना नै लोकतन्त्र फर्काउने उपाय : राजन भट्टराई

    नेकपा (एमाले) का सचिव तथा काठमाडौं क्षेत्र नं ४ का प्रतिनिधिसभा...

सरकार निर्वाचन सार्ने षडयन्त्रमा छ : एमाले

    नेकपा (एमाले) का उपाध्यक्ष एवं निर्वाचन परिचालन कमिटीका संयोजक रामबहादुर थापाले...